प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार
बेलायतको नयाँ प्रधानमन्त्रीमा कियर स्टार्मर चयन भएका छन् । बिहीबार भएको आम निर्वाचनमा जितपछि लेबर पार्टीका नेता कियर स्टार्मर आफ्नी पत्नी भिक्टोरियासँग आफ्नो सरकारी निवास १० डाउनिङ स्ट्रिट पुगेका हुन् ।
बेलायतको ६५० संसदीय सिटमध्ये ६४८ सिटको नतिजा आएको छ जसमा लेबर पार्टीले ४१२ सिटमा जित हासिल गरेको छ भने कन्जरभेटिभ पार्टीले १२१ सिट मात्र जितेको छ ।
पराजयपछि ऋषि सुनकले प्रधानमन्त्रीका रूपमा आफ्नो अन्तिम सम्बोधनमा आफ्नो पार्टीको कमजोर प्रदर्शनको जिम्मेवारी लिएका थिए । यसपछि उनले बेलायतका राजालाई राजीनामा बुझाएका हुन् ।