बेलायतका प्रधानमन्त्री स्टार्मरले भने : जेलेन्स्की चुनावबाट निर्वाचित नेता हुन



प्रकाशित मिति : फाल्गुन ७, २०८१ बुधबार

बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले भोलोडिमिर जेलेन्स्कीलाई चुनावबाट निर्वाचित नेता भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई तानाशाह भएको भन्दै आलोचना गरेपछि त्यसको प्रतिवादमा बेलायती प्रधानमन्त्रीले भने उनी लोकतान्त्रिक रुपमा निर्वाचित भएको भन्दै समर्थन जनाएका हुन ।

कीरले बुधवार राति जेलेन्स्कीलाई फोन गरेर युद्धको समय चुनाव गर्न नसक्नु स्वाभाविक भएको भन्दै बेलायती प्रधानमन्त्रीले भनेका छन दोस्रो विश्वयुद्धको बेला बेलायतले पनि आफनो नियमित चुनावलाई पर धकेलेको थियो भन्दै स्मरण गराएका छन ।

बेलायतका प्रधानमन्त्री स्टार्मरले भने : जेलेन्स्की चुनावबाट निर्वाचित नेता हुन

चुनावलाई अस्वीकार गरेर जेलेन्स्कीले खराव काम गरेको ट्रम्पले आरोप लगाएका थिए ।

जेलेन्स्कीको पाँच वर्षीय कार्यकाल मई २०२४ मा समाप्त भएको छ । तर रूसको आक्रमणपछि लागू गरिएको सैनिक कानूनी स्थिति कारण चुनाव स्थगित गरिएको छ ।

बेलायती प्रधानमन्त्री कीरले युक्रेनी राष्ट्रपति संगको टेलीफोन कुराकानीमा सबैसँग मिलेर काम गर्न सुझाव दिए ।

प्रधानमन्त्री कीर ले अमेरिकाको नेतृत्वमा युक्रेनमा स्थायी शान्ति प्राप्त गर्ने प्रयासमा समर्थन दोहोर्याए । उनले रूसलाई भविष्यमा युक्रनेमाथि आक्रमणबाट रोक्ने काम अमेरिकाले गर्नसक्ने बताए ।

जेलेन्स्कीले आगामी योजनाहरू र अवसरहरूमा छलफल गरेका छन् । प्रधानमन्त्री कीरले अर्को हप्ता अमेरिकाको यात्रा गर्ने तय भएको छ ।

बेलायतका प्रधानमन्त्री स्टार्मरले भने : जेलेन्स्की चुनावबाट निर्वाचित नेता हुन

यो उनको ट्रम्पसँगको पहिलो व्यक्तिगत बैठक हुनेछ । तर ट्रम्प र जेलेन्स्की बीचको बढ्दो तनावले कीर लाई राजनीतिक जोखिममा पुर्याएको छ ।

प्रधानमन्त्रीले ट्रम्पसँगको बैठकमा अमेरिकी ब्याकस्टप को बारेमा छलफल गर्न चाहेका छन । अमेरिकाको व्याक सर्पोट भएन भने युक्रेनमा स्थायी शान्ती असंभव रहेको उनले बताइरहेका छन ।

अमेरिकी राष्ट्रपतिका भनाईहरु रुसी राष्ट्रपति पुटिनलाई बलियो बनाउने गरी आइरहेको भन्दै बेलायतमा समेत आलोचना भइरहेको छ ।

अमेरिकाले बनाएका गठबन्धन भत्काउने पुटिनको प्रयासलाई ट्रम्पले सहयोग गरिहेको बेलायतको विदेशी गुप्तचर सेवाका पूर्व प्रमुख सिर एलेक्स यंगरले भनेका छन ।





Source link

Leave a Comment