बुबाको हत्या आरोपमा छोरा पक्राउ

बुबाको हत्या आरोपमा छोरा पक्राउ


२८ चैत, काठमाडौं । बाबुको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले छोरालाई पक्राउ गरेको छ ।

संखुवासभाको पाँचपखन नगरपालिका–२ गैरीगाउँका २६ वर्षीय सुमन राई पक्राउ परेका हुन् । समुनले आफ्ना बुबा ५३ वर्षीय युवराज राईको हत्या गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार २६ चैतमा घरायसी विषयमा विवाद हुँदा समुनले बुबालाई ढुङ्गाले अनुहारमा हानेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका युवराजको उपचारको क्रममा जिल्ला अस्पताल खाँदबारीमा २६ चैतमै मृत्यु भएको थियो ।

बुबाको मृत्यु भएपछि सुमनलाई २७ चैतमा पक्राउ गरिएको संखुवासभाका इन्सपेक्टर अशोककुमार जबेगुले जानकारी दिए । पक्राउ परेका सुमनविरुद्ध कर्तव्य ज्यानको कसूरमा म्याद लिइ अनुसन्धान अघि बढाइएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School