बुधबार डिपोर्ट भएका ९० लाख तिरेर अमेरिका आएपछि माओवादीपीडितको दाबी अस्वीकार हुनेहरु



प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार

बुधबार डिपोर्ट भएका ९० लाख तिरेर अमेरिका आएपछि माओवादीपीडितको दाबी अस्वीकार हुनेहरु

बुधबार अमेरिकाले चार्टड विमानमार्फत देशनिकालाका गएर नेपाल छाडेका नेपालीहरु प्रायले मानवस्तकरलाई ५० देखि ९० लाखसम्म तिरेको प्रहरीलाई वयान दिएका छन् । उनीहरुले मानव बेचबिखन व्यूरोको प्रारम्भिक सोधपुछका क्रममा तस्करलाई ९० लाखसम्म तिरेर मेक्सिकोको हुँदै अमेरिकामा विनाभिसा प्रवेश गरेको वयान दिएका हुन् ।

अमेरिका प्रवेश गर्नासाथ उनीहरुलाई सिमाक्षेत्रमा कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले पक्राउ गरेर इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको जिम्मा लगाएको थियो । आइसले उनीहरुलाई हिराशतमा नै राखेर तीब्ररुपमा देशनिकालाको प्रकृया अगाडि बढाएको थियो । उनीहरुले नेपालमा फर्कन माओवादीका कारण आफूहरुलाई ज्यानको खतरा रहेको भन्दै अमेरिकामा एसाइलम दावी गरेतापनि उनीहरुको उक्त दावी अस्वीकृत भएपछि उनीहरु देशनिकालामा परेका हुन् ।

बुधबार डिपोर्ट भएका ९० लाख तिरेर अमेरिका आएपछि माओवादीपीडितको दाबी अस्वीकार हुनेहरु
बुधबार काठमाडौंमा स्थानीय समय अनुशार विहान १० बजे अवतरण गर्नु अगाडि आइसको देशनिकालाको विमान । फोटो : दीपेन्द्र ढुंगाना

अमेरिकामा शरण लिनेहरुमध्ये प्रायले आफूलाई अहिलेपनि माओवादीबाट नेपालमा बस्न खतरा रहेको भन्दै दावी गर्ने गरेका छन् । यद्यपी माओवादी शान्ति प्रकृयामा आइसकेको झण्डै २ दशक भएको छ भने भने पटकपटक सरकारमा समेत गइसकेको छ । अमेरिकी सरकारले माओवादीलाई आतंककारीको सूचिबाट हटाएको पनि एकदशकभन्दा बढी भइसकेको छ । त्यसैले माओवादीबाट खतरा रहेको बताउनेहरुको युएससीआईएसबाट एसाइलम स्वीकृत दर लगभग शुन्य रहेको छ ।

बुधबार डिपोर्ट भएका ९० लाख तिरेर अमेरिका आएपछि माओवादीपीडितको दाबी अस्वीकार हुनेहरु

बुधबार डिपोर्ट भएका ९० लाख तिरेर अमेरिका आएपछि माओवादीपीडितको दाबी अस्वीकार हुनेहरु

२०२३ युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या जम्मा २० मात्र रहेको थियो भने २०२२ मा युएससीआईएसबाट एसाइलम स्वीकृत हुनेहरु १० जनामात्र रहेका थिए, जुन सन् १९९७ यताकै कम रेकर्ड हो । २०२१ मा २० जना र २०२० मा २० जना नेपालीहरुले युएससीआईएसबाट सिधा एसाइलम पाएका थिए । आर्थिक बर्ष २०१९ मा युएससीआईएसबाटै एसाइलम स्वीकृत हुने नेपालीहरु ४० जना रहेका थिए, यहीबर्षदेखि युएससीआईएसबाट एसाइलम स्वीकृत दरमा तीब्र गिरावट आएको हो ।

chart visualization

यद्यपी युएससीआईएसले अध्यागमन अदालतमा केस रिफर गरिसकेपछि भने झण्डै आधाको एसाइलम स्वीकृत हुने गरेको छ । अमेरिकाको अध्यागमन अदालतमा नेपालीको एसाइलम स्वीकृत दर झण्डै ६० प्रतिशत रहेको तथ्यांक अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिस, एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ । यो दर पनि आर्थिक बर्ष २०२३ को ६४ प्रतिशतको तुलनामा घटेर २०२४ मा ६० मा झरेको हो ।

chart visualization

सन् २०२३ मा अदालतबाट ६०१ जना नेपालीहरुको एसाइलम स्वीकृत भएकोमा आर्थिक बर्ष २०२४ मा भने यो संख्या ४९३ रहेको थियो । सन् २०२२ मा ४८८ जना नेपालीहरुको एसाइलम अध्यागमन अदालतबाट स्वीकृत भएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकमा उल्लेख थियो । २०२१ मा जम्मा १४३ र २०२० मा ३०८ नेपालीले अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाएपनि अघिल्लो ट्रम्प प्रशासनको बेला २०१९ मा रेकर्डब्र्रेक ६०६ नेपालीले अदालतबाट एसाइलम पाएका थिए ।

सन् २०१९ मा भने अमेरिकी अध्यागमन अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्यामा रेकर्ड ब्रेक भएको थियो । उक्त बर्ष इतिहासमा नै सबैभन्दा धेरै ६०६ जना नेपालीहरुको अमेरिकाको अध्यागमन अदालतले एसाइलम स्वीकृत गरिदियो ।

बुधबार देशनिकाल भएका उनीहरु प्राय विगत ६ महिनाभित्र अमेरिका प्रवेश गरेकाहरु रहेको जनाइएको छ । उनीहरुलाई बाइडेन प्रशासनकै बेलामा हिराशतमा राखेर देशनिकालाको प्रकृया अगाडि बढाइएपनि प्रकृया पूरा भएपछि ट्रम्प प्रशासनको बेलामा देशनिकाला गरिएको छ । बाइडेन प्रशासनले पनि पछिल्लो बर्षमा एसाइलमका नियमहरुलाई कडा गर्दै तीब्र गतिको देशनिकालाको प्रकृयालाई ब्यापक बनाएको थियो ।

बुधबार डिपोर्ट भएका ९० लाख तिरेर अमेरिका आएपछि माओवादीपीडितको दाबी अस्वीकार हुनेहरु

चार्टड विमानमार्फत देशनिकाला भएका ८ जनामध्ये ६ जनासँग म्याद सहितको पासपोर्ट समेत रहेको थियो । २ जनाको पासपोर्ट नभएका कारण वासिंटन डिसीमा रहेको नेपाली दूतावासले आइसको अनुरोध र खर्चमा उनीहरुका लागि ट्राभल डकुमेन्ट जारी गरेको थियो ।

बुधबार देशनिकाला भएर नेपाल आउनेमा एकजना महिलासमेत रहेकी छिन् । स्थानीय समय अनुशार बुधबार बिहान करिब १० बजे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थमा अवतरण भएको चार्टर उडान उनीहरुलाई छाडेपछि अमेरिकातिर फर्केको थियो भने उनीहरुलाई नेपालको अध्यागमन विभागले आफ्नो प्रकृया पुरागरेर नेपाल प्रहरीको मानव बेचबिखन व्युरोलाई जिम्मा लगाएको थियो ।

ब्यूरोले थप अनुसन्धान गरि परिवारलाई जिम्मा लगाउने जनाएको छ भने हाल सम्म अनुसन्धान गरिरहेको जनाएको छ। दलाललाई लाखौं तिरेर मेक्सिको हुँदै विनाभिसा अमेरिका छिर्ने नेपालीहरुलाई त्यहाँ लैजाने मानव तस्करको सञ्जाल पत्ता लगाउनका लागि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बुधबार अमेरिकाबाट देशनिकाला भएकाहरु एक जना डोटी जिल्लाका हुन् भने अरु रोल्पा, दाङ र रुकुमका भएको अध्यागमन विभागले जानकारी दिएको छ । अमेरिकाबाट देशनिकाला भएका अर्का एक नेपाली पनि बुधबार नै कतार एयरवेजको नियमित उडानबाट काठमाडौँ फर्केका थिए । मार्च २ सम्म अमेरिकाबाट नेपालमा देशनिकाला हुने नेपालीहरुको संख्या २७ रहेको छ । ३ जनालाई अमेरिकाले पानामा देशनिकाला गरेको छ । योसँगै ट्रम्प प्रशासन सुरु भएदेखि अमेरिकाबाट देशनिकाला हुने नेपालीको संख्या ३९ पुगेको छ ।

chart visualization

अध्यागमन कार्यालयका अनुसार गत जनवरी २२, २४ र २९ मा एक/एक जना नेपाली अमेरिकाबाट नेपाल दिेशनिलाका भएर नेपाल पुगेका थिए । यस्तै, जनवरी ३० मा दुई जना र जनवरी ३१ मा एकजना नेपाली देशनिकाला भएर नेपाल पुगेका थिए ।

यस्तै, फेब्रअरी १ र फेब्रुअरी ५ मा तीन/तीन जना, फेब्रुअरी ६ मा दुई जना, फेब्रुअरी ८ मा ६ जना, फेब्रुअरी १६ मा दुई जना नेपाली अमेरिकाबाट देशनिकाला भएर नेपाल पुगेका थिए । त्यस्तै, फेब्रुअरी १७, १९, २० र २४ गते एक/एक जना देशनिकाला भएर नेपाल पुगेका थिए भने भने मार्च २ मा एक नेपाली देशनिकाला भएर नेपाल पुगेका थिए भने मार्च ५ मा ९ जना नेपाली नेपाल पुगेका थिए ।

न्युयोर्कबाट किशोर पन्थीको थप रिपोर्टिङ । नोट:  कभर फोटो दुईवटा फोटो जोडेर बनाइएको हो । 





Source link

Leave a Comment