बुटवल–भैरहवामा ‘ई–ड्राइभ नेपाल’ को सेवा सुरु

बुटवल–भैरहवामा ‘ई–ड्राइभ नेपाल’ को सेवा सुरु


लुम्बिनी प्रदेशमै पहिलो पटक बुटवल–भैरहवा तथा लुम्बिनी क्षेत्रमा अनलाइन माध्यमबाट ट्याक्सी र मोटरसाइकल राइडिङ सेवा सुरु हुने भएको छ।

इ–ड्राइभ लुम्बिनी नेपालले सर्वसाधारणको सहजताकालागि अनलाइन माध्यमबाट ट्याक्सी र मोटरसाइकल राइडिङ सुविधा प्रदान गर्ने भएको हो।

इ–ड्राइभ लुम्बिनी र इ–ड्राइभ नेपालको सहकार्यमा लुम्बिनी प्रदेशमै पहिलो पटक बुटवल–भैरहवा क्षेत्रमा राइड शेयरिङ एप ई–ड्राइभ नेपालको सेवा सुरु गरिएको बिहीबार तिलोत्तमाको भलवारीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

इ–ड्राइभ लुम्बिनी नेपालका अध्यक्ष राजकुमार गुप्ताले यात्रुलाई सर्वसुलभ र सहज सेवा दिने उद्देश्यले वैशाख १ गते देखि राइड शेयरिङ एप ई–ड्राइभ नेपाल सुरु हुने बताए। 

अनलाइन मार्फत गाडी बुक गर्ने र नेपाल सरकारले निर्धारण गरेको भाडा दर अनुसार नै सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए।

स्थानीय युवालाई आफ्नै ठाँउमा रोजगारी दिने उद्देश्यले सेवा सुरु गरिएको जानकारी दिँदै उनले बिजुली गाडिलाई प्राथमिकतामा राखिएको जिकिर गरे। पहिलो चरणमा कार, मोटरसाइकल र स्कुटर संचालन गर्न लागेको कम्पनीले भविष्यमा विद्युतीय टेप्पु पनि संचालन गर्ने गुप्ताकाे भनाइ छ।

नेपालमै बनाइएको एप चलाउन सजिलो भएकाले चालक र सेवाग्राहीको सहजताकालागि लुम्बिनी प्रदेशमा सेवा संचालन गर्न लागिएको हाे। गुप्ताका अनुसार यो सेवा ग्राहकको घर आँगनमै पुग्नेछ।

ई–ड्राइभ नेपाल प्रा.लिका अध्यक्ष राजेश मास्केले कम्पनीको मुख्य उद्देश्य सेवा प्रदान गर्नु रहेकाले इ–ड्राइभको यात्रा सरल र सुलभ रहेको बताए। 

नेपाल सरकारले तोकेको मापदण्ड र प्रक्रिया पुरा गरेर सेवा संचालन गरिएकाले अनलाइन ड्राइभ सुरक्षित रहेको उनकाे भनाइ छ। यात्रु र चालक दुवैको दुर्घटना बिमाको व्यवस्था रहेको जानकारी दिए।

यात्रुको सुरक्षाकालागि नेभिगेसन प्रणाली प्रयोग गरिएकाले छिटो, छरितो, विश्वासिलो र भरपर्दो सवारीकालागि ई–ड्राइभ सेवा उपयुक्त रहेको मास्केले बताए।

प्रकाशित: २९ चैत्र २०८० १९:२३ बिहीबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School