बिल गेट्सले लगाउने घडीको मूल्य कति हो ?

बिल गेट्सले लगाउने घडीको मूल्य कति हो ?


संसारमा घडीका शौखिनहरु धेरै छन् । कतिपय मानिसहरुमा मान्छेहरु निकै बहुमूल्य र ब्राण्डेड घडी लगाउने नै रुचि हुन्छ र उनीहरूले नाडीमा बाँध्ने घडीले धेरैको ध्यान खिच्दछ ।

तर दुनियाँभरका मानिसको चमकदमक अमेरिकाको सिलिकन भ्यालीसँगको तुलनामा फिक्का सावित हुन्छन् । तपाईंले मार्क जुकरबर्गले सधैं खैरो रङको टिशर्ट तथा कालो पेन्ट लगाएको देख्नुभएकै होला ।

जुकरबर्ग कुनै महत्वपूर्ण अवसरमा मात्रै टिसर्ट-पेन्ट बाहेक शूट वा अरु पहिरन लगाउँछन् । त्यसैगरी बिल गेट्सको हातमा तपाईंले एउटा निकै सामान्य घडी देख्नुहुन्छ । बिल गेट्सलाई दुनियाँभरका मानिसले चिन्दछन् । माइक्रोसफ्टका संस्थापक गेट्सको हातमा सधैंजसो एउटा सामान्य क्यासियो ब्राण्डको घडी बाँधिएको देखिन्छ ।

कुल सम्पत्ति एक खर्ब ३१ अर्ब डलर भएका संसारकै सातौं धनाढ्य बिल गेट्सले बाँध्ने घडीको मूल्य कति होला ? जिज्ञासा सबैलाई हुनसक्छ ।

वास्तवमा बिल गेट्सले लगाउने घडी Casio को MDV-106 Duro हो । यो ब्राण्डको पूरानो घडीमा एउटा Marlin माछाको आकार हुन्थ्यो । तर, नयाँ मोडेलमा त्यो लोगो हटाइएको छ ।

अमेरिकामा यो घडीको मूल्य ३२ देखि ४० डलरसम्म पर्दछ । Casio MDV106-1AV 200M Duro एउटा एनालग घडी हो । यसमा 200M water resistance, one-way rotating bezel, Screw Down Crown, Mineral Glass, date display जस्ता फिचरहरु रहेका छन् ।

एजेन्सी





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School