‘बिग व्युटिफुल बिल’ मा राष्ट्रपति ट्रम्पले गरे हस्ताक्षर, खुशीयालीमा बमवर्षक विमानहरूको हवाई प्रदर्शन

प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार

फोटो : रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक ‘बिग व्युटिफुल बिल’ अर्थात नीति विधेयकमा हस्ताक्षर गरेका छन । यो विधेयकमा रक्षा खर्च र कर कटौतीमा जोड दिइएको छ ।

कङ्ग्रेसबाट झिनो बहुमतले पारित भएको आफ्नो नीति विधेयकमा शुक्रबार ह्वाइट हाउसमा उनले हस्ताक्षर गरेका हुन ।

स्वतन्त्रता दिवस मनाउने तयारीबीच आयोजित विधेयक हस्ताक्षर कार्यक्रममा ट्रम्पको मुख्य एजेन्डा समावेश गरिएको छ । जसमा कर कटौती, रक्षा खर्चमा वृद्धि र आप्रवासन कडाइ विधेयकका प्रमुख प्रावधान रहेका छन् ।

‘बिग व्युटिफुल बिल’ मा राष्ट्रपति ट्रम्पले गरे हस्ताक्षर, खुशीयालीमा बमवर्षक विमानहरूको हवाई प्रदर्शन

‘बिग व्युटिफुल बिल’ मा राष्ट्रपति ट्रम्पले गरे हस्ताक्षर, खुशीयालीमा बमवर्षक विमानहरूको हवाई प्रदर्शन

ट्रम्पले समर्थकहरूलाई सम्बोधन गर्दै विधेयकले आर्थिक वृद्धि उत्प्रेरित गर्ने दाबी गरेका छन । सन् २०१७ मा ट्रम्पको पहिलो कार्यकालमा लागू गरिएको कर कटौती विस्तार गरिने विधेयकमा उल्लेख गरिएको छ ।

कम आय भएका र अपांगता भएका मानिसहरूका लागि राज्यद्वारा सञ्चालित मेडिकेड कार्यक्रममा कटौती गरिएको छ । टिप्स, ओभरटाइम, र सामाजिक सुरक्षा आयमा कर छुट दिइएको छ ।

रक्षा क्षेत्रमा १५० बिलियन डलर बजेट वृद्धि हुनेछ । बाइडन प्रशासनको स्वच्छ ऊर्जा कर सुविधामा कटौती गरिएको छ । आप्रवासन र सीमा सुरक्षाका लागि १०० बिलियन डलरको बजेट आइसलाई दिइने विधेयकमा उल्लेख गरिएको छ ।

https://www.youtube.com/watch?v=videoseries

हस्ताक्षरको केही क्षणअघि बी २ बमवर्षक विमानको जोडी र लडाकु विमानहरूले हवाई प्रदर्शन गरेका थिए । यिनै बमवर्षकहरू हालै ईरानमा तीन आणविक स्थलमा आक्रमण गर्न प्रयोग गरिएको थियो ।

ह्वाइट हाउसको बालकनीबाट सम्बोधन गर्दै ट्रम्पले भने, “यो सबैभन्दा ठूलो खर्च कटौती हो, तर तपाईंले अनुभूति पनि गर्नुहुन्न। जनता खुसी छन्।”

‘बिग व्युटिफुल बिल’ मा राष्ट्रपति ट्रम्पले गरे हस्ताक्षर, खुशीयालीमा बमवर्षक विमानहरूको हवाई प्रदर्शन

उनले आप्रवासन नियन्त्रण र टिप्स तथा ओभरटाइम कर छुटलाई प्रमुख उपलब्धि भन्दै प्रशंसा गरे ।

Source link

Leave a Comment