बाह्बर्से पूर्ण महाकुम्भ मेलाको तयारी पूरा

बाह्बर्से पूर्ण महाकुम्भ मेलाको तयारी पूरा


सुनसरीको चतरामा चैत २७ देखि सुरु हुने महाकुम्भ मेलाको तयारी पूरा भएको छ। मेला चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म एक महिना चल्ने छ। महाकुम्भ मेला स्नान स्थल निर्माणसहित सम्पूर्ण व्यवस्थापन पूरा भएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

‘महाकुम्भमा आउने भक्तजनका लागि पाँचवटा स्थानमा स्नान स्थल निर्माणसँगै सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिने छ’, १२ बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका सहसंयोजक बराह क्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले भने। उनका अनुसार भक्तजनका लागि खाने, बाहिरबाट आउने पाहुनालाई बस्ने र बिरामी हुँदा उपचार व्यवस्था गरिसकिएको छ। कुनै आपत पर्दा २४ सै घन्टा दमकल र दुईवटा एम्बुलेन्स व्यवस्था पनि गरिएको छ।

कुम्भ मेलाका परिकल्पनाकार नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा विदेश भारत, भुटान, अमेरिका, अस्टे«लिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवाको उल्लेखीय सहभागिता रहने छ। नेपालसहित अन्य मुलुक गरी दुई करोड हाराहारी भक्तजन आउने छन्। कुम्भ मेला मुलुककै आस्थाको केन्द्र भएकाले पनि तीनै तहका सरकार अहोरात्र खटिएको जगत्गुरुले बताए।

पत्रकार सम्मेलनमा पण्डाल निर्माण, भान्सा घर निर्माण, सरसफाइ र  प्रचारप्रसार सकिएको जानकारी दिइयो। मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ।

अमृतको तर नै भेटिएको पिण्डेश्वरस्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ कुम्भ मेला लाग्ने छ। समुद्र मथनपछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यबीच भएको लुछातानीका क्रममा जहाँजहाँ अमृत पोखियो, त्यहाँत्यहाँ कुम्भ पर्व लाग्दछ।  चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानी पनि रहेको छ।

नेपालमा पहिलोपटक २०५९ साल चैत शुक्ल प्रतिपदा अर्थात् चैत ६ देखि वैशाख शुक्ल तृतीयासम्म एक महिना चतराधाममा कुम्भ महोत्सव आयोजना गरिएको थियो, जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला मानिन्छ।

यस्तै दोस्रो कुम्भ २०६३–०६४, तेस्रो कुम्भ मेला २०७०–०७१, चौथो कुम्भ मेला २०७५–०७६ लागेको थियो। कुम्भ मेलामा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्त हुने जनविश्वास रहेको  छ। चतरामा १२–१२ वर्षमा महाकुम्भ मेला र ६–६ वर्षमा अर्ध कुम्भ मेला लाग्दछ।

प्रकाशित: २३ चैत्र २०८० १८:४७ शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School