बाल्टिक समुद्रमा नाटोको नयाँ मिशन शुरु, रुसले प्रयोग गर्ने अदृश्य जहाजमाथि निगरानी बढाइने



प्रकाशित मिति : माघ १, २०८१ मंगलबार

नाटोले बाल्टिक समुद्रमा जहाजहरूको निगरानी बढाउन सुरु गरेको छ । निगरानीका लागि नयाँ मिशन “बाल्टिक सेन्ट्री” शुरू गरेको नाटोले बताएको छ । यस मिशनको उद्देश्य समुद्रमा बढि निगरानी राख्नु हो।

नाटो प्रमुख मार्क रुट्टेले भने कि यस मिशनमा गस्ती विमान, युद्धपोत र ड्रोनहरू थप संलग्न हुनेछन् । यो घोषणा हेलसिन्किमा भएको एक शिखर सम्मेलनमा गरिएको थियो ।

बाल्टिक समुद्रसँग सिमाना जोडिएका सबै नाटो देशहरू ( फिनल्याण्ड, एस्टोनिया, डेनमार्क, जर्मनी, लाटविया, लिथुआनिया, पोल्याण्ड र स्वीडेन ) सम्मेलनमा सहभागी थिए।

रूसलाई केबल क्षतिग्रस्त गर्ने प्रत्यक्ष दोषीको रूपमा उल्लिखित नगरेपनि, रुट्टेले नाटोले स्पष्ट स्वामित्व नभएका प्रतिबन्धित तेल उत्पादनहरू ढुवानी गर्न प्रयोग गरिने जहाजको निगरानी थप कडा गर्ने बताएका छन ।

ति जहाजहरु रुसले बढि प्रयोग गर्ने गरेको नाटोको आरोप छ । फेब्रुअरी २०२२ मा युक्रेनमा रूसको पूर्ण आक्रमणपछि नाटो देशहरू र रूस बीच तनाव निरन्तर बढिरहेको छ।

शंका गरिएको पोतहरूमा अधिक जाँच गर्नेछ र आवश्यक परेमा तिनीहरूलाई जब्त गर्ने यो मिशनको उदेश्य रहेको छ । बाल्टिक सेन्ट्री मिशनमा परिचालन हुने बजेटको बिषयमा जानकारी दिइएको छैन ।

नाटोले समुद्रबीचमा रहेका संरचनाहरुको सुरक्षालाई जस्तो सुकै उपाय अपनाउने बताएको छ । ति संरचनाहरु मार्फत अरबौं डलरको कारोवार हुने गरेको छ ।

बाल्टिकमा हालै महिनाहरूमा समुद्रबीचमा रहेका संरचनाहरुमा अज्ञात समूहले क्षति पुराउदै आएको छ । पछिल्लो पटक डिसेम्बरको अन्त्यमा फिनल्याण्ड र एस्टोनिया बीचको एक विद्युत् केबल काटिएको थियो।

बाल्टिक समुद्रमा नाटोको नयाँ मिशन शुरु, रुसले प्रयोग गर्ने अदृश्य जहाजमाथि निगरानी बढाइने





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School