बाबाको बलमा कुशल र आसिफ आउट

बाबाको बलमा कुशल र आसिफ आउट


नेपालका ओपनर कुशल भुर्तेल

२० चैत, काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग सुरुवातामा आउट भएका छन् ।

कुशल तीव्र गतिका बलर बाबा खानको तेस्रो ओभरको अन्तिम बलमा विकेटकिपर अमित पासीबाट ११ बलमा १ चौकासहित ९ रनमा क्याच आउट हुन पुगे ।

पाँचौं ओभरको दोस्रो बलमा बाबाले नै आसिफ शेखलाई ९ रनमा कप्तान विष्णु सोलांकीबाट मिडअफमा क्याच आउट गराए । उनले १२ बलमा १ चौका प्रहार गरे ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५ ओभरमा २ विकेट गुमाउँदै २३ रन बनाएको छ । नेपालका अनिल शाह र रोहित पौडेल १–१ रनमा क्रिजमा छन् ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School