बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिमा परी ७० जनाले ज्यान गुमाए

बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिमा परी ७० जनाले ज्यान गुमाए



प्रकाशित मिति : असार २४, २०८१ सोमबार

अविरल वर्षाका कारण आएको बाढी/पहिरो लगायत विपद्मापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिनुभयो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त अवधिमा बाढीपहिराका नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।

उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरामा परिचालन गरिएको र रु नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School