बागमती प्रदेशद्वारा ६ हजार बढीको स्वास्थ्य बिमा


बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा वाग्मती प्रदेशका १३ जिल्लाका लक्षित वर्गका ६ हजार आठ सय ९५ घरपरिवारको स्वास्थ्य बिमा गरेको छ, जुन उदाहरणीय कार्य हो।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले दुई करोड ३४ लाख १५ हजार नौ सय ५० प्रिमियम तिरेर सो बिमा गरिदिएको हो। सो मञ्त्रालयले १३ जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित व्यक्ति, क तथा ख वर्गका अपागंता भएका व्यक्ति तथा स्वास्थ्य स्वयंसेविकाको बिमावापतको प्रिमियम तिरेको हो।

प्राप्त विवरणअनुसार काठमाडौं जिल्लाका एक सय ५५ घरपरिवार  भक्तपुरका  ३५ घरपरिवार, ललितपुरका पाँच सय ५० घरपरिवार, काभ्रेपलाञ्चोकका सात सय २० घरपरिवार, नुवाकोटका पाँच सय ७३ घरपरिवार, रसुवाका एक सय ८१ घरपरिवार र रामेछापका तीन सय १९ घरपरिवारकाे बिमा गरिएकाे छ।

यसैगरी धादिङका पाँच सय ९१ घरपरिवार, मकवानपुरका  एक सय एक घरपरिवार, दोलखाका दुर्ई सय ७४ घरपरिवार, सिन्धुपाल्चोकका एक हजार तीन सय १४ घरपरिवार, सिन्धुलीका चार सय ७९ घरपरिवार परिवार तथा चितवनका एक हजार ६ सय तीन घरपरिवारको स्वास्थ्य बिमा गरिएको जनाइएको छ।

सबैभन्दा बढी चितवनमा स्वास्थ्य बिमा गरिएको बताइएको छ। एक सय चारजना महिला स्वयंसेविका, अपागंता भएका तीन सय ७७ जना तथा अतिसीमान्तकृत एक हजार एक सय २२ परिवार गरी एक हजार ६ सय तीन परिवारको ५८ लाख ३८ हजार स्वास्थ्य बिमावापतको भुक्तानी  गरिएको सो मन्त्रालयले जनाएको छ। –रासस

प्रकाशित: ३० चैत्र २०८० १९:११ शुक्रबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School