बाइडेनले मंगलबार एसाइलमलाई सिमित गर्ने कार्यकारी आदेश जारी गर्ने अपेक्षा

बाइडेनले मंगलबार एसाइलमलाई सिमित गर्ने कार्यकारी आदेश जारी गर्ने अपेक्षा



प्रकाशित मिति : जेष्ठ १९, २०८१ शनिबार

बाइडेनले मंगलबार एसाइलमलाई सिमित गर्ने कार्यकारी आदेश जारी गर्ने अपेक्षा

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार अध्यागमन र सीमा सुरक्षालाई सम्बोधन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । ह्वाइट हाउसले सीमावर्ती सहरका मेयरहरूलाई सम्भावित रूपमा घोषणामा भाग लिनको लागि सम्पर्क गरिरहेको जनाइएको छ।

केही हप्तादेखि बाइडेन प्रशासनका अधिकारीहरूले कार्यकारी आदेशका लागि तयारी गरिरहेका छन् । जसले अमेरिकी दक्षिणी सीमामा शरण लिनको लागि आप्रवासीहरूको क्षमतालाई नाटकीय रूपमा सीमित गर्नेछ ।

यो कदम सीमा सुरक्षाका विषयमा डेमोक्र्याट्समाथि रिपब्लिकन आक्रमण रोक्न चाल्न लागिएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहस अघि यो कदम चालिदैछ । उक्त बहस जुन २७ का लागि तय भएको छ । एडिनबर्गका मेयर रामिरो गार्जाले उनलाई व्हाइट हाउसमा मंगलबारको कार्यक्रममा भाग लिन सम्पर्क गरिएको बताएका छन् ।

यो आदेशले एसाइलमबारे ट्रम्प युगको विवादास्पद नियमको सम्झना दिलाउने अपेक्षा गरिएको छ। जसमा गैरकानूनी सीमापार गर्ने क्रम रोक्न प्रवेशको पोर्टहरू बीच २१२ एफ भनेर चिनिने अधिकार प्रयोग गरिनेछ ।

घोषणा कसरी कार्यान्वयन हुनेछ भन्नेबारे पनि स्पष्ट छैन । साथै यो नियम ट्रम्प प्रशासनको समयमा लागू गरिएको भन्दा के फरक हुनेछ भन्नेबारे पनि प्रष्ट छैन । बाइडेन प्रशासनका अधिकारीहरुले यसको अझै समीक्षा गरिरहेका छन् ।

ट्रम्पले राष्ट्रपति रहँदा गैरकानूनी रूपमा सीमा पार गर्ने शरणार्थीहरूको लागि अमेरिकी दक्षिणी सीमा बन्द गर्ने प्रयास गरेका थिए । तर त्यसको कार्यान्वयनमा अदालतले रोक लगाएको थियो ।

२०१८ मा ट्रम्पले २१२ एफ प्रयोग गर्ने प्रयास गरेका थिए । जसले राष्ट्रपतिलाई सीमा पार गर्न प्रतिबन्ध लगाउन अध्यागमन प्रतिबन्धहरू लागू गर्न व्यापक अधिकार दिन्छ। तर अन्ततः, संघीय पुनरावेदन अदालतले अधिकार एसाइमलका कानूनसँग बाझिएको र २१२ एफ को अधिकारले यसलाई ओभरराइड नगर्ने निर्णय गरेको थियो ।

अध्यागमन र राष्ट्रियता ऐनको धारा २१२ एफ ले राष्ट्रपतिलाई अमेरिकाको हितमा हानिकारक गैर नागरिकहरूको प्रवेश निलम्बन गर्न अनुमति दिन्छ। तर त्यसको मतलव सबैका लागि सिमा बन्द गर्नु नरहेको कानुनविदहरुको दावी छ ।

बाइडेनले मंगलबार एसाइलमलाई सिमित गर्ने कार्यकारी आदेश जारी गर्ने अपेक्षा





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School