बाइडेनद्वारा प्रारम्भिक मतदान , कारण यस्तो रहेछ

बाइडेनद्वारा प्रारम्भिक मतदान , कारण यस्तो रहेछ



प्रकाशित मिति : कार्तिक १३, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रारम्भिक मतदान गर्नुभएको छ। सन् २०२४ को आम निर्वाचन आउन एक साता बाँकी रहदै बाइडेनले प्रारम्भिक मतदान गर्नुभएको हो ।

प्रारम्भिक मतदानको कारण के हो उहाँले खुलाउनु भएको छैन । तर अमेरिकामा प्रारम्भिक मतदानको व्यबस्था गरिएको छ ।

राष्ट्रपति बाइडेनले डेलावेयर राज्यको निर्वाचन केन्द्रमा मतदान गर्नुभएको हो । राष्ट्रपति बाइडेनले मतदानका लागि लाइनमा पर्खिरहेका मतदाताहरूसँग कुराकानी गर्नुभएको थियो ।

उहाँले मतदानका लागि करिब ४० मिनेट लाइनमा पर्खनुभएको थियो । अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर ५ मा मतदान हुँदैछ ।

आफ्नो स्वास्थ्यको बारेमा बढ्दो चिन्ता र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने न्यून सम्भावनाको बारेमा डेमोक्र्याटहरूको चिन्ताको कारण जुलाईमा आफ्नो पुनःनिर्वाचन अभियान समाप्त गर्ने बाइडेनले निर्णय गर्नुभएको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School