प्रकाशित मिति : पुस ५, २०८१ शुक्रबार
अमेरिकी अध्यागमन अधिकारीहरूले आर्थिक बर्ष २०२४ मा डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको रेकर्डलाई उछिन्दै झण्डै एक दशकमा सबैभन्दा ठूलो संख्यामा कागजातविहीन आप्रवासीहरूलाई देशनिकालका गरेको रिपोर्ट आइसले बिहिबार सार्वजनिक गरेको छ । आइसको रिपोर्ट अनुशार गत आर्थिक वर्षमा अमेरिकाबाट २ लाख ७१ हजारभन्दा बढी आप्रवासीलाई देश निकाला गरिएको छ।
२०२१ मा राष्ट्रपति जो बाइडेनले देशनिकाला रोक्ने वाचा गरेका थिए, तर उनको प्रशासनले सीमा क्रसिंगमा भएको बृद्धि पछि देशनिकालाको स्थगन विस्तार गर्न छाडेको थियो । गत आर्थिक वर्षमा देशनिकालामा बृद्धि आंशिक रूपमा सुव्यवस्थित प्रक्रियाको परिणाम भएको आइसले बताएको छ । अधिक देशनिकालकाका उडानहरू अफ्रिका र एशिया लगायत अन्य टाढा गन्तव्यहरूमा गएका थिए, जसले वर्षौंसम्म अमेरिकाबाट देशनिकाला हुने आफ्ना नागरिक स्वीकार गरेका थिएनन् ।
आर्थिक वर्ष २०२४ मा अधिकांश देशनिकालामा पर्ने सीमा अधिकारीहरूले सीमाक्षेत्रमा पक्राउ गरेका आप्रवासीहरू थिए । २ लाख ७१ हजार आप्रवासीहरूमध्ये झण्डै ८२ प्रतिशत सीमा एजेन्टहरूद्वारा पक्राउ परेका थिए। नव निर्वाचित राष्ट्रपति ट्रम्पले जनवरी २० मा कार्यालयमा फर्किएपछि इतिहासको सबैभन्दा ठूलो देशनिकाला अभियान सुरु गर्ने वाचा गरेका छन्।
अमेरिका मेक्सिको सीमामा आप्रवासीहरु पक्राउको संख्या डिसेम्बर २०२३ मा उच्च रेकर्डमा पुगेको थियो । तर पछिल्ला महिनाहरुम भने उल्लेखनीय रूपमा घटेको छ । विशेष गरी पछिल्ला केही महिनाहरूमा पक्राउको रेकर्ड सन् २०२० को जुलाई अगाडिको स्तरमा पुगेको छ ।
विगतमा देशनिकालामा परेका आफ्ना नागरिक लिन नमान्ने देशहरुसँग सुधारिएको कूटनीतिक प्रयासका कारण पनि देशनिकालामा वृद्धि भएको जनाइएको छ । जुनमा राष्ट्रपति बाइडेनले एक कार्यकारी आदेश जारी गर्दै शरणमा कडा प्रतिबन्धहरु लगाएका थिए, जसले मेक्सिकोको सहयोगमा कुल अवैध सीमा क्रसिङमा कमी ल्याएको छ ।