बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक नै त्रिशूलीमा हरायो

बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक नै त्रिशूलीमा हरायो



प्रकाशित मिति : श्रावण १२, २०८१ शनिबार

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक आज त्रिशूलीले बगाएको छ ।

नेपाल–भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास कार्य जारी रहँदा पनि बस र हराइरहेका यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि आज भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएर बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी, प्रहरी उपरीक्षक जनक पुरीले एउटा १९ किलोको चुम्बक हराएकाले अहिले बस र चुम्बक दुवैको खोजी जारी रहेको जानकारी दिनुभयो ।

उहाँले अलि तल चुम्बकको सङ्केत मिलेको तर भेटिनसकेको जानकारी दिनुभयो । त्यहाँ १४ र १९ किलोको दुईवटा चुम्बक बसको खोजीका लागि प्रयोग गरिएको थियो ।

गत आइतबारदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्सबाट आएका १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा बस र यात्रुको खोजी गरिरहेको छ ।

गएको असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नंको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

उक्त बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । २४ यात्रुको विभिन्न क्षेत्रबाट शव निकालिएको छ । अझै दुई बससँगै ३८ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।

बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक नै त्रिशूलीमा हरायो





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School