बलात्कार अभियुक्त नेपालीभाषी युवाद्वारा घटनापछि कलेज ट्रान्सफर, पक्रेर मिनेसोटा ल्याईदै



प्रकाशित मिति : फाल्गुन १७, २०८१ शनिबार

बलात्कार अभियुक्त नेपालीभाषी युवाद्वारा घटनापछि कलेज ट्रान्सफर, पक्रेर मिनेसोटा ल्याईदै

मिनेसोटाको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययनरत विद्यार्थी बलात्कारमा संलग्न भएको आरोपमा क्यालिफोर्नियामा पक्राउ परेका २० वर्षीय दिपक फयाललाई मिनेसोटा सुपुदर्गी गर्ने तयारी भएको छ । प्रहरीले प्रहरीलाई बिहिबार क्यालिफोर्नियामा पक्राउ गरेको थियो । अर्को संदिग्ध सुजन तामाङ भने अझै फरार रहेको सेन्ट क्लाउड प्रहरी विभागले खसोखासलाई जानकारी दिएको छ ।

बिहिबार फ्रिमोन्ट प्रहरी विभागको स्ट्रीट क्राइम्स युनिटले क्यालिफोर्नियाको फ्रिमोन्टमा फयाललाई पक्राउ गरेको हो । गत नोभेम्बर १ मा राति मिनेसोटाको सेन्ट क्लाउडको फस्ट एभेन्‍यु साउथमा भएको बलात्कारको घटनामा संलग्न भएको अभियोगमा फयाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। फयाललाई कुनै घटना विना नै हिरासतमा लिइएको थियो। सेन्ट क्लाउड प्रहरीले फयाललाई मिनेसोटाको स्टेर्न्स काउन्टीमा सुपुर्दगी गर्नका लागि हाल क्यालिफोर्नियामा राखिएको जनाएको हो ।

फ्रिमोन्ट जेलका अनुशार फयाललाई बिहिबार बेलुका ५ बजेर २० मिनेटमा पक्राउ गरिएको हो । बेलुका ८ बजेर ३५ मिनेटमा जेलका लागि बुक गरिएको थियो । फयाललाई मिनेसोटा पठाउनु अगाडि सान्तारिता जेलमा राखिएको छ । जेल रेकर्ड अनुशार फयालले मिनेसोटाको घटनापछि कलेज ट्रान्सफर गरेको देखिएको छ । उनी पछिल्लो समय सान फ्रान्सिस्को बे युनिभर्सिटीमा अध्ययनरत रहेको जनाइएको छ ।

बलात्कार अभियुक्त नेपालीभाषी युवाद्वारा घटनापछि कलेज ट्रान्सफर, पक्रेर मिनेसोटा ल्याईदै

बलात्कार अभियुक्त नेपालीभाषी युवाद्वारा घटनापछि कलेज ट्रान्सफर, पक्रेर मिनेसोटा ल्याईदै

घटनाको बखत उनी मिनेसोटाको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययनरत रहेको जनाइएको छ । युनिभर्सिटीले उनीहरु दुबैजना अगस्तदेखि डिसेम्बरसम्म उक्त युनिर्सिटीमा अध्ययनरत रहेको जनाएको छ । त्यसपछि फयालले मिनेसोटा छाडेर क्यालिफोर्निया गई सान फ्रान्सिस्को बे युनिभर्सिटीमा भर्ना भएको देखिएको छ ।

५ फिट ९ इन्च उचाई र १४५ पाउण्ड तौल रहेका फयाललाई अन्य एसियनको रुपमा सुचित गरिएको छ । फयाल गतबर्षको जुनमा २० बर्ष पुगेका थिए ।

प्रहरीले दोस्रो संदिग्ध १९ वर्षीय सुजन तामाङको पहिचान गरेको छ, तर तामाङ अझै फरार रहेको प्रहरीको भनाई छ । तामाङ पक्राउ परेपछि थप जानकारी उपलब्ध गराउने प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेका कारण तामाङको ठेगानाबारे थप विवरण खुलाइएको छैन। दुवै संदिग्ध नेपालीभाषी हुन्।

सेन्ट क्लाउड प्रहरी विभागले सार्वजनिक सहयोगको लागि आह्वान गर्दै घटनासँग सम्बन्धित कुनै पनि जानकारी भए जानकारी गराउन अनुरोध गरेको छ।

फयालविरुद्ध पहिलो र तेस्रो डिग्री आपराधिक यौन दुर्व्यवहार, साथै पहिलो डिग्री आपराधिक यौन दुर्व्यवहारमा सहयोग गरेको आरोप लगाइएको छ। तामाङविरुद्ध भने पहिलो डिग्री आपराधिक यौन दुर्व्यवहारमा सहयोग गरेको दुईवटा आरोप र चौथो डिग्री आपराधिक यौन दुर्व्यवहारको एक आरोप लगाइएको छ। उनीविरुद्ध देशव्यापी पक्राउ आदेश पनि जारी गरिएको थियो ।

बलात्कार अभियुक्त नेपालीभाषी युवाद्वारा घटनापछि कलेज ट्रान्सफर, पक्रेर मिनेसोटा ल्याईदै

उनीहरुले सेन्ट क्लाउड स्टेट युनिभर्सिटीकी एक महिला विद्यार्थीलाई बलपूर्वक उनको छात्रावास कोठामा लगी यौन आक्रमण गरेको अभियोग लगाइएको छ । उजुरीअनुसार पीडितले उक्त आक्रमणबारे प्रहरीलाई जानकारी गराएकी थिइन् । सार्वजनिक सुरक्षाका अधिकारीहरूले फयाल र तामाङलाई संदिग्धको रूपमा पहिचान गरेका थिए।

बलात्कार घटनाको केही घण्टापछि फयालले पीडितलाई इन्स्टाग्राममार्फत सन्देश पठाएर उनको अवस्थाबारे सोधेको उजुरीमा उल्लेख छ । पीडितको चिकित्सा परीक्षणका क्रममा संकलित डीएनए नमूना फयाल र तामाङ दुवैसँग मिलेको उजुरीमा उल्लेख छ।





Source link

Leave a Comment