प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार
प्रख्यात नेपाली लोक रक ब्यान्ड नेपथ्यले अगस्ट ३०, २०२४ मा न्यूयोर्कमा लाइभ प्रस्तुति दिने भएको छ। यो बहुप्रतीक्षित कन्सर्ट न्युयोर्कको म्यानहटन हेल्स किचनमा रहेको बहुचर्चित कार्यक्रमस्थल टर्मिनल ५ मा हुने भएको छ । ३ हजार क्षमता भएको उक्त कार्यक्रमस्थलमा दर्शकहरुले ब्यान्डको चर्चित सांगीतिक प्रस्तुती हेर्न पाउनेछन् ।
नेपथ्यले अन्तिम पटक न्युयोर्कमा प्रदर्शन गरेको १ दशक पुग्न लागेको छ । नेपथ्य ब्यान्ड आफ्नो गतिशील प्रदर्शन र रक म्युजिकसंग परम्परागत नेपाली लोक संगीतको मिश्रण गर्ने क्षमताको लागी परिचित छ। न्यूयोर्कमा कार्यक्रम गर्न पाउँदा उत्साहित भएको बताउँदै ब्यान्डका प्रमुख गायक तथा संस्थापक अमृत गुरुङले यो कन्सर्ट प्रदर्शन मात्र नभई आफूहरुको यात्राको उत्सव समेत भएको बताएका छन् ।
कन्सर्टको टिकट अनलाइनमार्फत लिनका लागि यहाँ क्लीक गर्नुहोला ।
सन् १९९० मा गठन गरिएको नेपथ्य ब्याण्ड नेपाली संगीतमा एक महत्वपूर्ण अंग बनेको छ । रक संगीतसंग लोक परम्परा एकीकरण गर्नको लागी परिचित यो ब्यान्डले छेक्यो छेक्यो, रेशम र भेडाको उनजस्तो जस्ता धेरै हिट गीतहरू उत्पादन गरिसकेको छ । शुक्रबारको कार्यक्रम डीजे रिट इन्टरटेन्मेन्ट र याक एनवाईसी प्रोडक्सन्सले गर्न लागेको हो ।