बजेटमा समर्थन जनाउन असन्तुष्ट आफनै पार्टीका सांसदसँग ट्रम्पको आग्रह



प्रकाशित मिति : जेष्ठ ७, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन सांसदहरूलाई स्वयम् भेटेर केन्द्रीय बजेटमा समर्थन जुटाउने प्रयास गरेका छन ।

प्रमुख बजेट योजनाको भविष्य अझै अन्योलमा रहिरहेको बेला अन्तिम क्षणमा ट्रम्पले रिपब्लिकन सांसदहरूलाई स्वयम् भेटेर समर्थन जुटाउने कोशिस गरेका हुन ।

ट्रम्पले क्यापिटल हिलको चञ्चल राजनीतिक माहोलमा प्रवेश गर्दै आफ्नै पार्टीभित्र मतभेद गरिरहेका समूहहरूलाई “ठूलो र सुन्दर” विधेयक समर्थन गर्न आग्रह गरेका छन ।

बजेटमा समर्थन जनाउन असन्तुष्ट आफनै पार्टीका सांसदसँग ट्रम्पको आग्रह

बजेटमा समर्थन जनाउन असन्तुष्ट आफनै पार्टीका सांसदसँग ट्रम्पको आग्रह

यो विधेयकमा कर कटौतीका रूपमा करिब ४.९ ट्रिलियन डलरको छुट प्रस्ताव गरिएको छ। तर, स्वास्थ्य सेवामा गरिएका परिवर्तन र राज्य तथा स्थानीय कर कटौतीको विषयमा पार्टीभित्रै मतभेद देखिएको छ।

ट्रम्पले यो विधेयक २६ मे भित्र पारित गराउन चाहन्छन् । त्यसको लागि रिपब्लिकन सांसदहरूमा दबाब बढाइरहेका छन्। तर, कटौती अझै गहिरो बनाउने माग गरिरहेका कडा धारका सांसदहरू र मध्यमार्गीबीच तीव्र मतभेद देखिएको छ।

बैठकपछि सबै सांसदहरू ट्रम्पको तर्कबाट सन्तुष्ट भएर बाहिरिएका थिएनन्। विधेयकले अझै पूर्ण सदनको मतदान पार गर्न बाँकी छ ।

त्यसपछि मात्रै सिनेटमा पठाइनेछ। सिनेटमा पनि केही रिपब्लिकन सांसदहरुको विधेयकप्रति असहमति छ। तर ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै पार्टीभित्र एकता भएको दावी गरे । न्यूयोर्कका सांसद माइक ललरले “जस्तो अवस्थामा विधेयक अहिले छ, म समर्थन गर्न सक्दिन ” भनेका छन ।

साल्ट कटौती सीमा १० हजार डलरबाट बढाएर ३० हजार डलर पुर्याउने प्रस्तावले न्यूयोर्क, क्यालिफोर्निया, र न्यूजर्सी जस्ता उच्च कर भएका राज्यका सांसदहरूलाई असन्तुष्ट बनाएको छ। ललरले थपे, “राष्ट्रपतिलाई म सम्मान गर्छु तर म मेरो अडानबाट पछि हट्दिन।”

बजेटमा समर्थन जनाउन असन्तुष्ट आफनै पार्टीका सांसदसँग ट्रम्पको आग्रह

विवादको सबैभन्दा ठूलो बिन्दु भनेको स्वास्थ्य सेवामा गरिने कटौती हो। विधेयकअनुसार, २०२९ देखि काम गर्न सक्ने नागरिकहरूले कम्तीमा महिनामा ८० घण्टा काम नगरे मेडिकेड सुविधा पाउने छैनन्।

राष्ट्रपति ट्रम्पले यो नियम गम्भीर नरहेको भन्दै रिपब्लिकन सांसदहरूको चिन्ता हटाउन प्रयास गरेका छन्। बजेट समिति अध्यक्ष जोडी एरिङ्टनले ट्रम्पको सन्देश प्रभावकारी रहेको बताए। तर सबै सांसदहरू भने सन्तुष्ट थिएनन्।

गत हप्ता पहिलो प्रयासमा विधेयक महत्त्वपूर्ण प्रक्रियागत मतदानमा असफल भएको थियो। तर आइतबार भने त्यो १७-१६ मतले पारित भयो।

अब यो विधेयक पूर्ण प्रतिनिधिसभामा लगिने छ । जहाँ रिपब्लिकनको बहुमत निकै सानो छ । केही मत गुम्दा पनि विधेयक असफल हुन सक्छ। पूर्ण सदनको मतदान बुधबार वा बिहीबार हुने अपेक्षा गरिएको छ।





Source link

Leave a Comment