बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा, अष्ट्रेलियाको यात्रा पनि समाप्त

बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा, अष्ट्रेलियाको यात्रा पनि समाप्त



प्रकाशित मिति : असार ११, २०८१ मंगलबार

आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित गरेको छ ।

यो जितसँगै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान आईसीसी ट्रफी प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो । यससँगै पूर्व च्याम्पियन टोली अष्ट्रेलिया पनि विश्वकपको यात्राबाट बाहिरिएको छ ।

अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन मात्र बनाएको थियो । बंगलादेशका लागि रिशाद होसेनले सर्वाधिक ३ विकेट लिए ।

वर्षाका कारण बंगलादेशलाई डकवर्थ लुइसका अनुसार १९ ओभरमा ११४ रनको लक्ष्य दिइएको थियो । बंगलादेशको टोली १०५ रनमा मात्र सीमित भयो । अफगानिस्तानका नवीन उल हक र राशिद खानले चार–चार विकेट लिए । लिटन दासले ५४ रन बनाएर अविजित रहे पनि उनको इनिङ्सले टोलीलाई हारबाट जोगाउन सकेनन् ।

अब सेमिफाइनलका दुबै खेल जुन २७ मा हुने छन् । पहिलो सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकाको सामना गर्नेछ । दोस्रो खेल भारत र इंग्ल्याण्डबीच हुनेछ ।

आईसीसी टी–२० विश्वकपको फाइनल खेल २९ जुनमा ब्रिजटाउनमा हुनेछ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School