बंगलादेशका पारवहनमन्त्री चौधरी पूर्वीनाका हुँदै नेपाल भ्रमणमा

बंगलादेशका पारवहनमन्त्री चौधरी पूर्वीनाका हुँदै नेपाल भ्रमणमा


१० चैत, झापा । बङ्गलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वीनाका काँकडभिट्टा हुँदै शनिबार नेपाल भ्रमणमा आएका छन् ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार काठमाडौँमा शनिबारदेखि आयोजना हुने नेपाल र बङ्गलादेशबीच मन्त्रिस्तरीय वार्तामा सहभागी हुन बङ्गलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पारवहनमन्त्री चौधरी काँकडभिट्टाको स्थलमार्ग हुँदै नेपाल आएका हुन् ।

सो अवसरमा उनले यहाँस्थित सुक्खा बन्दरगाहको अवलोकन गरे । मन्त्री चौधरीलाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी र काँकडभिट्टा सुक्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले नेपाल तथा बङ्गलादेशबीचको पारवहन मार्गको सञ्चालन, द्विदेशीय व्यापारलगायत विषयमा जानकारी गराएका थिए ।

मन्त्री चौधरी नेपाल–बङ्गलादेशबीचको स्थल पारवहन मार्गको बङ्गलादेशी नाका बङ्गलाबन्ध हुँदै भारत आएका थिए । नेपाल आउनुअघि उनले भूटानको फुन्चोलिङस्थित नवनिर्मित सुक्खा बन्दरगाहको पनि अवलोकन गरेका छन् ।

कोभिड–१९ महामारीका कारण भएको बन्दाबन्दीपश्चात् पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न चाहने भूटानी नागरिकबाहेक तेस्रो मुलुकका नागरिकलाई भारतले प्रवेशाज्ञा अनुमति दिएको थिएन ।

चार वर्षयता पूर्वी नाका भएर नेपाल आउने उनी पहिलो बङ्गलादेशी उच्चस्तरीय पाहुना हुन् ।

मन्त्री चौधरीको नेतृत्वमा आएको नौ सदस्यीय प्रतिनिधिमण्डललाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी, बन्दरगाहकी प्रमुख सुवेदी, काठमाडौँस्थित बङ्गलादेशको दूतावासका उपप्रमुख इसरात जहानलगायतले स्वागत गरे । उक्त प्रतिनिधिमण्डल चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं आउनेछ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School