फ्लोरिडामा भएको त्रासदीपूर्ण ट्रक दुर्घटनाका चालक सिंहलाई जमानतमा रिहा गर्न अस्वीकार



प्रकाशित मिति : भाद्र ७, २०८२ आईतबार

हरजिन्दर सिंह । तस्वीर स्रोत : अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी

अमेरिकाको फ्लोरिडामा तीन जनाको मृत्यु हुने गरी भएको त्रासदीपूर्ण ट्रक दुर्घटनाका चालक हरजिन्दर सिंहलाई जमानतमा रिहा गर्न अस्वीकार गरिएको छ । उनी देश निकाला हुने प्रक्रियामा परेका हुन् ।

२८ वर्षीय भारत मूलका हरजिन्दर सिंहमाथि यसै हप्ता “भेहिकल होमिकाइड” (गाडीद्वारा हत्या) का तीन मुद्दा लगाइएको छ। आरोप अनुसार, सिंहले अनधिकृत यु-टर्न गर्दा मिनिभ्यानसँग ठक्कर खाँदा दुर्घटना भएको थियो। उक्त दुर्घटना वेस्ट पाम बीचबाट करिब ५० माइल उत्तरमा फ्लोरिडा टर्नपाइक नजिक फोर्ट पियर्समा भएको थियो।

फ्लोरिडा ट्राफिक सुरक्षा विभागले सिंहले अनधिकृत स्थानबाट ‘ट्र्याक्टर-ट्रेलर’ मोड्ने प्रयास गरेका थिए। दुर्घटनामा कालो क्राइसलर टाउन एण्ड कन्ट्री मिनिभ्यानले ‘ट्र्याक्टर-ट्रेलर’लाई सिधा ठक्कर दिएको थियो। दुर्घटनामा ३७ वर्षीया महिला र ५४ वर्षीया पुरुष घटनास्थलमै मृत्यु भएका थिए। चालक ३० वर्षीय पुरुषको अस्पतालमा मृत्यु भएको थियो ।

फ्लोरिडामा भएको त्रासदीपूर्ण ट्रक दुर्घटनाका चालक सिंहलाई जमानतमा रिहा गर्न अस्वीकार

फ्लोरिडामा भएको त्रासदीपूर्ण ट्रक दुर्घटनाका चालक सिंहलाई जमानतमा रिहा गर्न अस्वीकार

दुर्घटनामा चालकको भाइ हर्नीत सिंह पनि गाडीमा सवार थिए । उनी सकुशल छन् ।

फ्लोरिडा कानुन अनुसार, भेहिकल होमिकाइड दोस्रो-डिग्री अपराध हो । यसका लागि १५ वर्षसम्म जेल सजाय हुनसक्छ।

यो घटना क्यालिफोर्नियाको ड्राइभर लाइसेन्स नीति र संघीय आप्रवासन अधिकारबीच विवाद पनि उत्पन्न भएको छ। क्यालिफोर्नियाको एबी ६० (२०१५) अनुसार, कागजातविहीन आप्रवासी परिचय र बसोबास प्रमाण देखाउँदा चालक अनुमति पत्रको लागि आवेदन दिन सक्छन्, तर यी लाइसेन्समा “not for federal identification” लेखिएका हुन्छन्।

संघीय अधिकारीहरूले क्यालिफोर्नियाले उनको व्यावसायिक चालक अनुमतिपत्र जारी गर्दा सिंह आधिकारिक कागजात बिना नै अमेरिकामा रहेको बताएका छन् । तर, डेमोक्र्याटिक गभर्नर गेभिन न्यूसमको कार्यालयले सिंहले राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो प्रशासनको समयमा २०१८ मा उचित काम गर्ने अनुमतिपत्र प्राप्त गरेको बताएको छ।





Source link

Leave a Comment