फेडरल रिजर्भ बैंकका अध्यक्ष पावेललाई राजीनामा दिन राष्ट्रपति ट्रम्पको दबाब



प्रकाशित मिति : असार १८, २०८२ बुधबार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका अध्यक्ष जेरोम पावेललाई तुरुन्तै राजीनामा दिन दबाब दिएका छन । ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्ममा लेखे, “‘ढिलो भइसक्यो’ तुरुन्त राजीनामा देऊ ” ।

अमेरिकी संघीय आवास नियामकले पावेलले अमेरिकी केन्द्रीय बैंक को वाशिङ्टन मुख्यालयमा भइरहेको मर्मतसम्बन्धी सुनुवाइमा दिएको भ्रामक सूचनाको छानबिन गर्न आग्रह गरेका थिए ।

ट्रम्पले पावेललाई आफ्नो पहिलो कार्यकालमा फेड चेयरका लागि नियुक्त गरेका थिए । त्यसयता उनले पावेलमाथि ब्याजदर नघटाएको भन्दै पटक–पटक आलोचना गर्दै आएका छन् ।

फेडरल रिजर्भ बैंकका अध्यक्ष पावेललाई राजीनामा दिन राष्ट्रपति ट्रम्पको दबाब

फेडरल रिजर्भ बैंकका अध्यक्ष पावेललाई राजीनामा दिन राष्ट्रपति ट्रम्पको दबाब

तर राष्ट्रपतिसँग पावेललाई पदबाट हटाउने अधिकार छ वा छैन भन्ने विषय अझै स्पष्ट छैन । यद्यपि ट्रम्पले पावेलमाथि निरन्तर हमला गर्दै आएका छन् । उनले यसै वर्षको सुरुमा भनेका थिए, “पावेललाई हटाउने मेरो कुनै इरादा छैन ।”

ट्रम्प चाहन्छन् कि फेडले ब्याजदर घटाओस्, जसले अर्थतन्त्रमा वृद्धि ल्याउने उनको दाबी छ । तर फेड चेयर पावेलले भने, यदि ट्रम्पको भन्सार नीतिहरूको असर नपरेको भए, फेडले अहिलेसम्म ब्याजदर घटाइसकेको हुन्थ्यो।

युरोपको पोर्चुगलमा आयोजित केन्द्रीय बैंकका गभर्नरहरूको भेलामा, जब पावेललाई सोधियो कि यदि ट्रम्प प्रशासनले अन्य देशहरूमा भन्सार वृद्धि नगरेको भए अमेरिकाले यस वर्ष फेरि ब्याजदर घटाउने सम्भावना थियो ? उनले उत्तर दिए, “म सोच्दछु, त्यो ठिकै हो।” फेडले ट्रम्पको ताजा टिप्पणीमा कुनै प्रतिक्रिया दिएका छैनन ।

https://www.youtube.com/watch?v=videoseries

ट्रम्प पुनः राष्ट्रपतिमा फर्किएपछि पावेलले भनेका थिए, यदि राष्ट्रपति आफैंले आग्रह गरे पनि म राजीनामा दिने छैन।

संविधानअनुसार ह्वाइट हाउसले उनलाई जबरजस्ती हटाउन पाउँदैन । सन् १९३५ को सुप्रिम कोर्टको ऐतिहासिक फैसलाले पनि स्वतन्त्र संघीय निकायका सदस्यहरूलाई पदावधि पूरा हुनु अघि हटाउन “कारण” चाहिन्छ भनी स्पष्ट पारेको छ।

फेडरल रिजर्भ बैंकका अध्यक्ष पावेललाई राजीनामा दिन राष्ट्रपति ट्रम्पको दबाब

तर ट्रम्पले अघिल्लो कार्यकालमा पनि राजनीतिक परम्पराहरू तोड्दै स्वतन्त्र नियामक निकायका पदाधिकारीहरूलाई हटाउने प्रयास गरेका थिए । गत हप्ता पावेलले अमेरिकी सिनेटमा मुख्यालयको मर्मत खर्चबारे आएका रिपोर्टहरू धेरै हिसाबले भ्रामक र गलत भएका बताएका थिए ।





Source link

Leave a Comment