फेक एकाउन्ट खोलेर धम्कीपूर्ण पोस्ट गर्ने फ्लोरिडाका व्यक्ति एचएसआईद्वारा पक्राउ



प्रकाशित मिति : कार्तिक १४, २०८२ शुक्रबार

फेक एकाउन्ट खोलेर धम्कीपूर्ण पोस्ट गर्ने फ्लोरिडाका व्यक्ति एचएसआईद्वारा पक्राउ

सामाजिक सञ्जालमा धम्कीपूर्ण पोस्ट गर्ने फ्लोरिडाका एक व्यक्तिलाई होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्सले पक्राउ गरेको छ। उनले अमेरिकी अध्यागमन एजेन्सी आइसका अधिकारीहरूलाई गोली हान्नुपर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप लागेको छ।

फोर्ट मायर्सबाट एचएसआईका विशेष एजेन्टहरूले जोसेफ जियानकोला नामका फ्लोरिडाका एक व्यक्तिलाई पक्राउ गरेका हुन्। होमल्याण्ड सेक्युरिटीले आइसका अधिकारीहरूविरुद्ध ज्यान मार्ने धम्कीहरूमा ८ हजार प्रतिशतले वृद्धि भएको बताएको छ। जियानकोलाले आइसका अधिकारीहरूलाई गोली हान्नुपर्ने र उनीहरूको मृत्युको आह्वान गर्ने आशयका पोस्टहरू सामाजिक सञ्जालमा गरेको एचएसआईको आरोप छ।

जोसेफ जियानकोलाले केन डेलोन उपनाममा सामाजिक सञ्जाल ब्लुस्काईमा पोस्ट गरेका थिए। जियानकोलाले अनलाइनमा आइसका एजेन्टहरूलाई लक्षित गर्दै, “आइसका एजेन्टलाई पागल कुकुरलाई जस्तै गोली हान्नुहोस्,” “एउटा बन्दुक लिएर आइस नाजीहरूलाई गोली हाल्नुहोस्,” “आइस ठगहरूलाई गोली हानेर सुरु गर्नुहोस्,” “आइस ठगहरूलाई गोली हानेर मार्नुहोस्,” “आइस एजेन्टहरूलाई गोली हान्नुहोस्, तिनीहरू मेरो नजिक आए भने, म मार्नका लागि गोली हान्छु” जस्ता धम्कीपूर्ण स्टाटसहरू पोस्ट गरेका थिए।

फेक एकाउन्ट खोलेर धम्कीपूर्ण पोस्ट गर्ने फ्लोरिडाका व्यक्ति एचएसआईद्वारा पक्राउ

फेक एकाउन्ट खोलेर धम्कीपूर्ण पोस्ट गर्ने फ्लोरिडाका व्यक्ति एचएसआईद्वारा पक्राउ

होमल्याण्ड सेक्युरिटीका अनुसार, “आइसका अधिकारीहरूले अहिले उनीहरूमाथि हुने आक्रमणमा १ हजार प्रतिशतभन्दा बढी र उनीहरूविरुद्ध ज्यान मार्ने धम्कीहरूमा ८ हजार प्रतिशत वृद्धि सामना गरिरहेका छन्।”

होमल्याण्ड सेक्युरिटीकी सहायक सचिव ट्रिसिया म्याकलाग्लिनले यो कार्य गर्ने व्यक्तिले आइसका अधिकारीहरूविरुद्ध दोहोर्याएर घिनलाग्दो ज्यान मार्ने धम्की दिएको र उनी अहिले संघीय हिरासतमा रहेको बताइन्। उनले यस्ता व्यक्तिहरूलाई कानुनको पूर्ण हदसम्म मुद्दा चलाइने पनि जानकारी दिइन्। उनले कानुन प्रवर्तनलाई हिंसा वा मृत्युको धम्की दिने व्यक्ति यसैगरी जेलमा पर्ने चेतावनीसमेत दिएकी छन्।

होमल्याण्ड सेक्युरिटीले आफ्ना कर्मचारीहरूको सुरक्षा गर्न र हिंसाको धम्की दिने व्यक्तिहरूलाई जवाफदेही बनाउन, कानुनको पूर्ण हदसम्म मुद्दा चलाइने सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ। होमल्याण्ड सेक्युरिटीले राजनीतिज्ञहरू र मिडियालाई समेत आइसको बारेमा गरिने बयानबाजी कम गर्न चेतावनी दिँदै आएको छ।





Source link

Leave a Comment