फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी देश : अमेरिका २४ औँ स्थानमा, द. एसियातर्फ नेपाल पहिलो



प्रकाशित मिति : चैत्र ७, २०८१ बिहीबार

फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी देशको पहिलो स्थानमा पर्न सफल भएको छ । बिहीबार प्रकाशित वर्ल्ड ह्याप्पिनेस रिपोर्ट-२०२५ अनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको सूचीमा पहिलो स्थानमा पर्न सफल भएको हो । यो सँगै फिनल्यान्ड लगातार आठौँ वर्षसम्म विश्वको सबैभन्दा खुसी देशको रूपमा सूचीकृत भएको हो ।

अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टरद्वारा प्रकाशित वार्षिक रिपोर्टका अनुसार फिनल्यान्डपछि दोस्रो नम्बरमा डेनमार्क रहेको छ । यस्तै, तेस्रोमा आइसल्यान्ड र चौथौँ खुसी मुलुकमा स्विडेन परेको छ । रिपोर्टका अनुसार विश्वकै खुसी मुलुकको पाँचौँ नम्बरमा नेदरल्याण्ड्स, छैटौँ नम्बरमा कोस्टारिका, सातौँ नम्बरमा नर्वे, आठौँ नम्बरमा इजरायल, नवौँ नम्बरमा लक्जमबर्ग र दसौँ नम्बरमा मेक्सिको छ । कोस्टारिका र मेक्सिको पहिलो पटक शीर्ष १० मा प्रवेश गरेका हुन् ।

वर्ल्ड ह्याप्पिनेस रिपोर्ट-२०२५ हेर्न यहाँ क्लीक गर्नुहोस् :

फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी देश : अमेरिका २४ औँ स्थानमा, द. एसियातर्फ नेपाल पहिलो

फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी देश : अमेरिका २४ औँ स्थानमा, द. एसियातर्फ नेपाल पहिलो

बेलायत २३ र संयुक्त राज्य अमेरिका २४ औँ नम्बरमा परेको छ भने नेपाल ९२ औँ स्थानमा परेको छ ।

यस्तै दक्षिण एसियाअन्तर्गत भने नेपाल पहिलो स्थानमा परेको छ । पाकिस्तान १०९ औँ स्थानमा पर्दा छिमेकी मुलुक भारत ११८ औँ स्थानमा परेको छ । त्यस्तै, श्रीलङ्का १३३ औँ स्थानमा, बङ्गलादेश १३४ औँ स्थानमा परेको छ अफगानिस्तान १४७ सहित विश्वकै खुसी मुलुकमध्ये अन्तिम स्थानमा परेको छ ।

अध्ययनले अपरिचित व्यक्तिहरू मानिसहरूले सोचेभन्दा दोब्बर दयालु हुन्छन् भन्ने पत्ता लगाएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय खुसीयाली दिवस मनाइएको छ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुसीयाली दिवस मनाउने घोषणा गरेको थियो ।

संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकाङ्क्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो ।

फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी देश : अमेरिका २४ औँ स्थानमा, द. एसियातर्फ नेपाल पहिलो





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School