फाल्डो जुनियर टुर : दोस्रो दिन सदभाव, सिद्धान्त र आइन्स्टिना शीर्षस्थानमा

फाल्डो जुनियर टुर : दोस्रो दिन सदभाव, सिद्धान्त र आइन्स्टिना शीर्षस्थानमा


२९ चैत, काठमाडौं । नेपाल गल्फ संघद्वारा आयोजित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसीपको दोस्रो दिन सदभाव आचार्य, सिद्धान्त सापकोटा र आइन्स्टिना टण्डन आ-आफ्नो उमेर समूहमा शीषस्थानमा रहेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा भएको च्याम्पियनसीप अन्तर्गत पुरूष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टिमका सदस्य सदभाव आचार्यले ५-ओभर ७३ को स्कोर दर्ज गरे।
समग्रमा इभन-पार १ सय ३६ सहित ३६ होलको समाप्तीमा सदभावले संसार विकेलाई १७ स्ट्रोकको फराकिलो अन्तरमा पछि पारे। यो स्कोरमा सद्भावले उपाधि जित्दै फाल्डो सिरिज एसिया फाइनलमा‌ छनोट हुने संभावनालाई बलियो बनाएका छन।

पहिलो दिनको तुलनामा सदभावले आज खेल बिगारे। पहिलो होलमा नै डबल बोगीको सामना गरे। चौथो होलमा एक सट बचाए भने सातौं होलको बोगीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। यसपछि १०औं होलमा बर्डी प्रहार गरेपनि ११औं, १२औं, १३औं र १७औं होलमा एक-एक सट खेर फाले। ब्याक नाइन सदभावले ३-ओभर ३७ मा पुरा गरे।

दोस्रो स्थानमा रहेका संसारले आज ९-ओभर ७७ मा सकाउँदा समग्रमा १७-ओभर १ सय ५३को स्कोर दर्ज गरे। उनले फ्रन्ट नाइन ४-ओभर ३८ र ब्याक नाइन ५-ओभर ३९ मा खेल पुरा गरेका हुन। समग्रमा २३-ओभर १ सय ५९ सहित स्वप्नील भट्टराई तेस्रो स्थानमा छन। उनले आज १३-ओभर ८१ मा खेल सकाए।

च्याम्पियनसीपको पुरूष १२ देखि १६ वर्ष उमेर समुहमा सिद्धान्त सापकोटा समग्रमा २२-ओभर १ सय ५९ सहित शीर्षस्थानमा उक्लिएका छन। उनले दोस्रो दिनको खेल १७-ओभर ८५ मा सकाए। यो स्कोरमा उनले सोहम अग्रवाललाई ६ स्ट्रोकले पछि पारेका छन् ।

सोहमले आज २०-ओभर ८८ खेल्दा समग्रमा ४१-ओभर १ सय ७७ स्कोर दर्ज गरे। पहिलो दिनका लिडर इदान्त सिंह साउद समग्रमा ४३-ओभर १ सय ७९ सहित तेस्रो स्थानमा झरे। उनले आज २७-ओभर ९५ मा खेल पुरा गरे।

महिलातर्फ आइन्स्टिना टण्डन समग्रमा ३३-ओभर १ सय ७५ सहित शीर्षस्थानमा उक्लिएकी छिन। उनले अवानी राईलाई सात स्ट्रोकले पछि पारिन। आइन्स्टिनाले आज १४-ओभर ८२ को स्कोर कार्ड तयार पारिन। समग्रमा ४६-ओभर १ सय ८२ सहित अवानी दोस्रो स्थानमा झरिन।‌ उनले आज २६-ओभर ९४ मा खेल सकाइन।

५४ होलको तीन दिने प्रतियोगितामा पुरूषतर्फ २७ र चार महिलागरी कुल ३१ खेलाडीको सहभागीता रहेको छ। तीन विधाका विजेता खेलाडीहरूले फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन्।

प्रतियोगिता सकिएपछि तीन विधाको विजेता खेलाडीको स्कोर संघले फाल्डो फाउन्डेसनलाई पठाउने र त्यसपछि स्पेन वा भियतनाममा नेपालका खेलाडीले देशको प्रतिनिधित्व गर्न पाउनेछन।

प्रतियोगितामा काठमाडौँ बाहेक पोखरा, धरान र चितवनका खेलाडीको सहभागीता रहेको छ। यो प्रतियोगिता सन २०१२ देखि निरन्तर रूपमा सञ्चालन हुदै आएको थियो। कोभिडपछि रोकिएको प्रतियोगिता हालै नेपाल गल्फ संघले फाल्डो सिरिजसँग तीन वर्षको सम्झौतासँगै पुन: सुचारू भएको हो ।‌





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School