प्रेमिकालाई ‘इम्प्रेस’ गर्न सिंहको खोरमा पसेर भिडियो बनाउँदै थिए, गुमाए ज्यान



प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

उज्बेकिस्तानको पार्केन्टमा भएको एक दर्दनाक घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। चिडियाखाना रक्षक एफ इरिस्कुलोभले आफ्नी प्रेमिकालाई इम्प्रेस गर्न तीन अफ्रिकी सिंह भएको खोरमा प्रवेश गर्दा ज्यान गुमाएका छन् ।

डेली मेलको रिपोर्ट अनुसार, १७ डिसेम्बरको बिहान ५ बजे ड्युटीका बेला उनले सिंहहरूको खोरमा छिर्दै गरेको एक भिडियो बनाए, जुन उनको जीवनको अन्तिम भिडियो बन्यो । यो भिडियो उनले आफ्नी प्रेमिकालाई पठाउनका लागि बनाएका थिए।

भाइरल भिडियोमा इरिस्कुलोभलाई सिंहहरूको खोरको ताला खोल्दै र भित्र पसेको देख्न सकिन्छ। सुरुमा तीन वटा सिंहहरू शान्त अवस्थामा थिए। भिडियोमा उनले सिंहहरूसँग संवाद गर्ने क्रममा ‘सिम्बा, चुप बस’ भनेको सुनिन्छ।

उनले एक सिंहलाई सुमसुम्याएको पनि देखिन्छ, जसले उनी सिंहहरूसँग परिचित रहेको जनाउँछ। तर, स्थिति अचानक बदलिन्छ। सिंहहरूले उनको हात चाट्ने क्रममा, एक सिंहले २ मिनेटपछि इरिस्कुलोभमाथि आक्रमण गर्छ। उनको चिच्याहट भिडियोमा स्पष्ट सुनिन्छ । र, भिडियो त्यहीँ समाप्त हुन्छ।

रूसी मिडिया रिपोर्टहरूका अनुसार सिंहहरूले इरिस्कुलोभलाई खाएर समाप्त गरे। सिंहहरूले उनको अनुहारको छालासम्म चुँडालेका थिए।

उद्धार टोलीले घटनास्थलमा पुगेर दुई सिंहलाई बेहोश बनायो भने तेस्रोलाई मार्नुपरेको थियो।

यस घटनाको भिडियो डेली मेलले सार्वजनिक गरेपछि यो विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा भाइरल भएको छ।

भिडियोलाई एक्स ह्यान्डल (@RebelwoaReason)ले ३१ डिसेम्बरमा बब्बर सिंहको तस्बिरसहित पोस्ट गरेको थियो ।

प्रेमिकालाई ‘इम्प्रेस’ गर्न सिंहको खोरमा पसेर भिडियो बनाउँदै थिए, गुमाए ज्यान

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School