प्रहरीलाई झूटो रिपोर्ट दिएको आरोपमा अमेरिकी अभिनेतालाई ५० हजार डलर जरिवाना



प्रकाशित मिति : जेष्ठ १०, २०८२ शुक्रबार

अमेरिकी अभिनेता जुसी स्मोलेटले झूटो घृणा अपराधको रिपोर्ट दिएको आरोपमा ५० हजार डलर जरिवाना तिर्ने भएका छन्।

शिकागो शहरले दायर गरेको मुद्दा सुल्झाउनका लागि उनले ५० हजार अमेरिकी डलर च्यारिटीलाई दान दिनुपर्ने भएको हो।

शिकागो प्रहरीले अनुसन्धान खर्चबापत स्मोलेटसँग १ लाख ३० हजार डलर माग गरेको थियो। तर शिकागोको कानुनी विभागले स्मोलेटले ५० हजार डलर दान गरे पुग्ने निर्णय गरेको हो।

प्रहरीलाई झूटो रिपोर्ट दिएको आरोपमा अमेरिकी अभिनेतालाई ५० हजार डलर जरिवाना

प्रहरीलाई झूटो रिपोर्ट दिएको आरोपमा अमेरिकी अभिनेतालाई ५० हजार डलर जरिवाना

यो रकम बिल्डिङ ब्राइटर फ्युचर्स सेन्टर फर द आर्ट्स नामक संस्थालाई दिइनेछ। यो संस्थाले शिकागोका पिछडिएका युवाहरूलाई सहयोग गर्छ।

सन् २०१९ मा स्मोलेटले आफूमाथि जातीय र समलैंगिकतासम्बन्धी आक्रमण भएको दाबी गरेका थिए। तर घटनाले धेरै मोड लिएपछि प्रहरीले उनलाई झूटो विवरण दिएको अभियोग लगायो। ती आरोपहरू पछि खारेज गरिए पनि स्मोलेटले सधैँ घटना झूटो नभएको दाबी गर्दै आएका छन्।

शिकागो कानुनी विभागका प्रवक्ताले भने, “शहरले यो सम्झौतालाई उचित, रचनात्मक र निष्कर्षमूलक समाधान मानेको छ। जसले सबै पक्षलाई यो छ वर्ष पुरानो अध्याय बन्द गरेर अघि बढ्न सहयोग पुर्याउँछ।”

स्मोलेट, जो अश्वेत र समलैंगिक हुन्, उनले दुई व्यक्तिले आफूलाई कुटपिट गरेको, जातीय गाली गरेको, रासायनिक पदार्थ छ्यापेको र घाँटीमा पासो हालेको दाबी गरेका थिए। त्यसबेला धेरै सेलिब्रेटीहरूले उनलाई समर्थन जनाउँदै सार्वजनिक रूपमा उक्त आक्रमणको निन्दा गरेका थिए।

तर केही सातापछि, उनीमाथि उक्त घटना आफैँले योजनाबद्धरूपमा बनाएको आरोप लाग्यो। त्यसपछि प्रहरीले उनीमाथि झूटो रिपोर्ट दिएको अभियोग लगायो।

प्रहरीलाई झूटो रिपोर्ट दिएको आरोपमा अमेरिकी अभिनेतालाई ५० हजार डलर जरिवाना

स्मोलेटमाथि आफैँलाई जातीय अपमानजनक पत्र पठाएको र दुई दाजुभाइलाई ३ हजार ५०० डलर दिएर आक्रमणको नाटक गर्न लगाएको आरोप लगाइएको थियो।

सन् २०२१ मा उनलाई दोषी ठहर गरिएको थियो, तर गत वर्ष त्यो निर्णय उल्टाइएको थियो।





Source link

Leave a Comment