प्रशिक्षक छनाेटमा अनियमितता: छानबिन समिति गठन गर्न निर्देशन

प्रशिक्षक छनाेटमा अनियमितता: छानबिन समिति गठन गर्न निर्देशन


खेल प्रशिक्षक छनोटमा अनियमितता भएको भन्दै छानबिन समिति गठन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ।

आइतबार काेशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सामाजिक मन्त्रालयलाई पत्र पठाएर छानबिन समिति गठन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।

प्रदेश खेलकुद विकास बोर्डले प्रशिक्षक नियुक्त गर्दा अनियमितता र धाँधलीपूर्ण तरिकाले अयोग्य र कनिष्ट खेलकुद प्रशिक्षकलाई नियुक्ति दिएको उजुरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा परेको पत्रमा उल्लेख गरिएको छ।

प्रदेश खेलकुद बोर्डले विभिन्न खेलका प्रशिक्षक नियुक्ति गर्न सूचना प्रकाशित गरि प्रक्रिया अघि बढाएको थियो। प्रदेश खेलकुद विकास बोर्डले चैत ३ गते कराँते, जुडो, शारीरिक सुगठन, व्यडमिन्टन, उसु, सेकपाताको ,आइटीएफ् टेक्यान्डो, एथलेटिक्स, रग्वीमा १/१ जना र तेक्वान्दोमा २ जना प्रशिक्षक करारका लागि पदपूर्ति गर्न सूचना प्रकाशित गरेको थियो।

असार मसान्तसम्मका लागि १७ जना प्रशिक्षक करारमा नियुक्त गर्ने सूचना प्रकाशित गरि दरखास्त आह्वान गरी छनौटको तयारी गरेको थियो।

प्रकाशित: १८ चैत्र २०८० २०:१० आइतबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School