प्रभु बैंक लिमिटेड र क्लियरिङ हाउसबीच सम्झौता

प्रभु बैंक लिमिटेड र क्लियरिङ हाउसबीच सम्झौता


प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच नेपाल र भारतबीचको अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धमा सम्झौता भएको छ।

बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र क्लियरिङ हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम अन्तर्देशीय कारोबार ‘क्रसबोर्डर भुक्तानी सेवा’ सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनै पनि युपिआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नो खातामा सिधै रकम पठाउन सक्नेछ।

नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर भारतमा दैनिक १५ हजार र मासिक एक लाख भारतीय रूपैयाँसम्म पठाउन सो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ।

यसैगरी भारतमा रहेका नेपाली नागरिकले पनि युपिआई इनेबल्ड एपहरू प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधीनमा रही नेपालमा प्रभु बैंकको युपिआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्थासमेत मिलाइएको बैंकले जनाएको छ।

हाललाई भारतमा रहेका नेपाली नागरिकले भारतीय बैंकमा खोलेको खाताबाट प्रतिकारोबार दुईलाख भारतीय रूपैयाँसम्म र खाता नभएको खण्डमा एक वर्षमा १२ वटाभन्दा बढी कारोबार ननाघ्ने गरी आपूmलाई पायक पर्ने भारतीय बैंकबाट प्रतिकारोबार ५० हजारसम्म भारतीय रूपैयाँ पठाउन सक्ने व्यवस्था रहेको छ।

अन्तर्देशीय विद्युतीय भुक्तानी सेवामा आबद्ध ग्राहकले नेपाल तथा भारतीय नियामक निकायद्वारा तोकिएको सीमाबमोजिमको रकम सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी अधिकतम लाभ उठाउने बैंकको विश्वास छ।

प्रकाशित: २९ चैत्र २०८० ०८:१२ बिहीबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School