प्रधानमन्त्री प्रचण्ड भन्नुहुन्छ : राजदुत फिर्ता बोलाउने निर्णयमा हतार भएको दिल्ली पुगेर महशुष भयो

प्रधानमन्त्री प्रचण्ड भन्नुहुन्छ : राजदुत फिर्ता बोलाउने निर्णयमा हतार भएको दिल्ली पुगेर महशुष भयो



प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय हतारमा भएको महशुष गरेको बताउनु भएकोछ ।

भारत भ्रमण सकेर सोमबार स्वदेश फर्कनु भएका प्रधानमन्त्री दाहालले त्रिभुबन बिमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्दै भ्रमणअघि भारतीय राजदुतलाई नै फिर्ता बोलाउने सरकारको निर्णयमा ध्यान नपुगेकै हो भन्नुभयो ।

२ दिन ढिला भएर केहि असर गर्ने थिएन तर फिर्ता बोलाउने निर्णय भयो , ध्यान नपुगे कै हो प्रधानमन्त्री दाहालको स्विकारोक्ति थियो । त्यो कुरा आफुले दिल्ली पुगेपछि महशुष गरेको उहाँले बताउनु भयो । प्रधानमन्त्री दाहालले शंकर शर्माले भारत भ्रमणका क्रममा सक्रिय भूमिका खेलेको बताउनु भयो ।

प्रधानमन्त्रीले भन्नुभयो उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो । र सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो । मैले धन्यवाद पनि भनेर आएको छु प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्रीले सार्कलाई सक्रिय पार्ने कुरादेखि सीमासँग सम्बन्धित मुद्दा र व्यापार पारवाहनसँग सम्बन्धित मुद्दालाई सक्रिय बनाइ संवादबाट समाधान गर्न भारतिय समकक्षी नरेन्द्र मोदी संग आग्रह गरेको बताउनु भयो ।

लगातार तेश्रो कार्यकालमा प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदीले सपथ ग्रहण गर्ने कार्यक्रममा सहभागिता जनाउन आइतबार प्रधानमन्त्री दाहाल नयाँ दिल्ली जानु भएको थियो ।

उहाँले दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुद तुल्याउन आफ्नो भ्रमणले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School