प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जानुहुँदै , भारतीय समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी हुने

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जानुहुँदै , भारतीय समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी हुने



प्रकाशित मिति : जेष्ठ २६, २०८१ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली जानुहुने भएको छ ।

प्रधानमन्त्री दाहालका साथ उहाँकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनुहुनेछ । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उहाँबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको थियो । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो ।

यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गर्नुभएको थियो । सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थियो ।

मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गर्नुभएको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गर्नुभएको थियो ।
भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्डसहित, श्रीलंका र माल्दिभ्सका राष्ट्रपति तथा बंगलादेश, भुटान र मौरिससका प्रधानमन्त्री पनि भाग लिन आउने जनाएको छ ।

गएको मंगलवार सम्पन्न लोकसभा चुनावको मतगणनामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि प्रधानमन्त्रीमा मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको हो ।

७३ वर्षका उहाँको यो ऐतिहासिक तेस्रो कार्यकालको शपथ हुनेछ । लोकसभा चुनावमा भारतीय जनता पार्टी भाजपा ले एकल बहुमत ल्याउन नसके पनि मोदी एनडीए गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो ।

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जानुहुँदै , भारतीय समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी हुने

एनडीए गठबन्धनसँग लोकसभामा ५ सय ४३ मध्ये २ सय ९३ सिट छ । यसमा भाजपाको २ सय ४० सिट रहेको छ । अघिल्लो दुई चुनाव सन् २०१४ र २०१९ मा भाजपा एक्लैले बहुमत ल्याएको थियो  ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School