प्रधानमन्त्री ओलीले स्वीकारे कमजोरी : RajdhaniDaily.com

प्रधानमन्त्री ओलीले स्वीकारे कमजोरी : RajdhaniDaily.com


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोपीडितको उद्धारमा सरकारबाट कमीकमजोरी भएको स्वीकार गरेका छन् । उनले विपद्’bout सरकार मानसिक रूपमा तयार नै नभएको बताए । उनले उद्धार तथा राहतमा सरकार अनि सरकारी संयन्त्रहरूले जानीजानी ढिलाइ वा लापर्बाही नगरेको पनि दाबी गरेका छन् ।

सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले विपत्ति कत्रो आउँछ भन्ने अनुमान नभएको र पूर्वतयारी गर्दागर्दै रोक्न पनि नसक्ने बताए । प्रधानमन्त्री ओलीले बाढीपहिरोपीडितको खोज र उद्धार कार्य दुई दिनभित्र सकिने दाबी गरेका छन् ।

पीडित, सर्वसाधारण एवं विपक्षी दलका नेता मात्रै नभई सत्ता पक्षकै नेताहरूले सरकारको कमीकमजोरी’bout आलोचना गर्दैगर्दा ओलीले सरकारका तर्फबाट उद्धार, राहत, व्यवस्थापनमा कुनै किसिमको ढिलासुस्ती नहुने ठोकुवा गरेका छन् ।

‘यसप्रकारको वर्षा होला, यसप्रकारको क्षति होला भन्ने अनुमान थिएन, हामी त्यसको पूर्वतयारीका लागि मानसिक रूपमा तयार पनि थिएनौं, सधैं हुनेगरेका विपत्तिहरूजस्तै लागेको थियो, विपत्ति कत्रो आउँछ भन्ने अनुमान भएन,’ प्रधानमन्त्री ओलीले भने, ‘पूर्वतयारी गर्दागर्दै रोक्नसक्ने पनि हुँदैन, भूकम्प अनि कोभिडका बेला पनि त्यस्तै भयो, सोचेको भन्दा पनि अलि डरलाग्दो तरिकाले आयो ।’

सरकारी निकायको लापर्बाही र गैरजिम्मेवारीपनका कारण सयौं मान्छेले ज्यान गुमाउनुपरेको, बेपत्ता भएको, घाइते हुनुका साथै अर्बौंको क्षतिसमेत भएका कारण सरकारको आलोचना भइरहेको छ । कतिपयले प्रधानमन्त्री, मन्त्रीहरूको राजीनामासमेत माग गरिरहेका छन् ।

‘४ हजारभन्दा बढी मानिसहरूको उद्धार गरेर उहाँहरूको जीवन जोगिएको छ, केही गर्दै नगरेको होइन, केही कमीकमजोरी भएका होलान्, आगामी दिनमा सच्याउँदै जानेछौं, तर केही नभएको भन्ने होइन, राम्रा काम पनि भएका छन्, यो राज्य अनि सरकारको मात्रै होइन यो सिंगे नेपाली समाजको विषय हो,’ प्रधानमन्त्री ओलीले भने, ‘केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि हुनसक्छ, तर जानीजानी ढिला गर्ने अनि लापर्बाही गर्ने त भएन होला ? यता प्राथमिकता दिने कि कता दिने भन्ने अलमल भयो होला ।’

अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको उनले दाबी गरेका छन् । तर, अहिले पनि हजारौं पीडितको सडककै बास छ । खाना, पानी, स्वास्थ्यलगायत’bout उनीहरूले सरकारबाट केही पनि नभएको आक्रोश पोखिरहेका छन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोकथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको जानकारी गराए । क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत् आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनले बताए ।

१७ अर्बभन्दा धेरैको क्षति, कुन क्षेत्रमा कति ?
गत ११ र १२ असोजको अविरल वर्षासँगै बाढीपहिरोबाट विभिन्न क्षेत्रमा लगभग १७ अर्बभन्दा बढीको क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको छ । प्रधानमन्त्री ओलीले गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले अनुमानित क्षति विवरण प्रस्तुत गरेका हुन् । उनका अनुसार सबैभन्दा धेरै कृषिक्षेत्रमा ६ अर्बको क्षति भएको छ । त्यस्तै, खानेपानी संरचनामा ३ अर्ब ५५ करोड, सडक पूर्वाधारहरूमा २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब, सिँचाइतर्फ २ अर्ब क्षति भएको उनले सुनाए । उनका अनुसार हालसम्म बाढी, पहिरो र डुबानमा परेर २ सय २४ जनाको मृत्यु भएको छ ।

त्यस्तै, २४ जना मानिस बेपत्ता भएका छन् र १ सय ५८ जना मानिस घाइते भएका छन् । उच्च जोखिममा रहेका ४ हजार ३ सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको जानकारी उनले दिए ।

विपद्बाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।

हिलाम्मे पार्टी कार्यालयमा ओली
यसैबीच, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ललितपुरको च्यासलस्थित पार्टी कार्यालय हेर्न पुगेका थिए । शुक्रबार र शनिबार भएको वर्षाका कारण बाग्मती नदीले डुबाएको कार्यालय अझै हिलाम्मे छ ।

यहाँ मात्रै कम्तीमा चार दर्जन मानिसको मृत्यु भएको र वर्षामा काठमाडौं डुबिरहेका बेला उनी भने अमेरिका भ्रमणमा थिए । सबै कार्यक्रम सिध्याएर उनी विपद्को तीन दिनपछि मात्रै नेपाल फर्किएका थिए । त्यसअघि सिंहदरबारमा बसेको एमाले बैठकले विपद्मा राहतका लागि सरकारी कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने र पार्टीका अरू काम छोडेर सबै कार्यकर्तालाई उद्धार तथा राहतको काममा खट्न निर्देशन दिएको थियो ।

अन्योल र आक्रोशित यात्रु
दसैं नजिकएसँगै भएको वर्षाका कारण देशभरिका लोकमार्गहरू ठप्प छन् । सबैतिर सडकहरू बन्द हुँदा अहिले राजधानी आउने र बाहिरिने यात्रुहरूको बिजोक भएको छ । गत शनिबारदेखि बस कम्पनीहरूले अग्रिम टिकट बुकिङ खुलाए पनि सडक मर्मत नभएसम्म लामो दूरीमा बस नचलाउने भन्दै यातायात व्यवसायीहरूले सरकारलाई चेतावनी दिइरहेका छन् ।

नयाँ बसपार्कमा भने यतिबेला टिकट काट्नेहरूको घुइँचो छ । तर, टिकट काटेका यात्रुहरू यात्राको अन्योलमै छन् । बसपार्कमा तथा सडकमा अलपत्र यात्रुहरूले सरकारप्रति आक्रोश पोखेका छन् ।

मुख्य लोकमार्गहरू बन्द हुँदा कतिपय यात्रुहरू पैदल यात्रा गर्दै काठमाडौंसम्म आइपुगेका छन् । यातायात व्यवसायीहरूले भने अहिलेको अवस्थामा सवारी चलाउन नसकिने भन्दै अग्रिम टिकट बुकिङ रोक्ने तयारी गरेका छन् ।

सुकुमबासी बस्तीबाट प्रचण्ड गर्जन
यसैबीच, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आलोचना गरेका छन् । बाढीमा डुबेको बल्खुको सुकुमबासी बस्तीबाट पार्टीको स्वयंसेवक परिचालन अभियान सुरु गर्दै प्रचण्डले सरकारको आलोचना गरेका हुन् ।

उनले पूर्वसूचना र जानकारी हुँदाहुँदै विपद् व्यवस्थापनमा गरेको कमजोरीप्रति आत्मालोचना गर्दै राहत तथा पुनस्थापनाको कामलाई युद्धस्तरमा अघि बढाउन सरकारलाई सुझाव दिएका छन् । माओवादीले यही बस्तीबाट देशभरि स्वयंसेवाको अभियान सुरु गरेको भन्दै अध्यक्ष प्रचण्डले संकटका बेला सत्ता पक्ष–विपक्ष नभनी आमजनतालाई हातेमालो गरेर राहत र पुनस्र्थापनामा जुट्न पनि आग्रह गरे ।

अझै उद्धारको काम नसकिएको, धेरै मानिसहरू घरबारविहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै पीडितहरूले जतिसक्दो चाँडो आफूहरूको जनजीवन सहज बनाइदिन आग्रह गरेका छन् । प्रचण्डले बाढीप्रभावित विभिन्न क्षेत्रको अवलोकनसमेत गरेका छन् ।

सरकार असक्षम सावित भइसकेको छ : प्रभु साह
यसैबीच, आमजनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आफ्नो एक महिनाको तलब बाढीपहिरोपीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् । सांसदले पाउने एक महिनाबराबरको तलब उनले बाढीपहिरोपीडितलाई दिने जनाएका हुन् ।

आजपाको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै देशैभरी बाढीपहिरोले ठूलो मात्रामा जनधनको क्षति पुगेको बताउँदै सरकारले उद्धार, राहतलगायतका काममा देखाएको उदासीनताप्रति दुःख व्यक्त गरे । उनले आफ्नो एक महिनाबराबरको तलब सरकारी कोषमा जम्मा गर्ने बताए ।

‘पूर्वसूचना हुँदाहुँदै पनि सरकारले सावधानी अपनाउन सकेन, पीडितहरूको उद्धार त गर्न सकेन, समयमा खाने, बस्ने, स्वास्थ्यसहितको राहतमा पनि कुनै सुनुवाइ गर्न सकेन,’ आजपा अध्यक्ष साहले भने, ‘सरकार पूर्णरूपमा असफल मात्रै होइन, असक्षम सावित भइसकेको छ, देशभरीका सडक अवरुद्ध छन्, मान्छेहरूको अवस्था बेहाल छ, तर पनि सरकारले नसुनेको जस्तो गर्नु दुःखद कुरा हो ।’

जनताको सेवा गर्न नसक्ने असक्षम र असफल नेताले कुर्सीमा बस्न नैतिक रूपमा नमिल्ने बताउँदै उनले राजीनामा दिन सुझाव दिए । उनले दुःखका बेला सरकार जनताका बीचमा हुनुपर्ने भए पनि अहिले सरकार खोज्नुपर्ने अवस्था आउनु नेपाली जनताका लागि दुःखको विषय भएको टिप्पणी गरे ।

पूर्वमन्त्रीसमेत रहेका आजपा अध्यक्ष साहले यसअघि चाडपर्वबापत दिइने दसैं बोनस रोकेर बाढीपहिरोपीडितलाई दिनुपर्ने सुझाव दिएका थिए । ‘सरकारी मान्छे जनताको करबाट तलब खाने तर जनताको दुःखका बेला साथ नदिने ? भाग्ने, भगौडाहरू दसैंमा जनताकै पैसाबाट खसी काटेर रमाउन खोज्नु कतिको जाय हो ? बाढीपहिरोपीडितहरू दुःखमा परेका बेला दसैं बोनस नलिई पीडितलाई दिँदा के बिग्रिन्थ्यो ?’ उनले प्रश्न गरेका छन् ।

सरकारले देशैभरीका कर्मचारीलाई चाडपर्वबापत दिने एक महिनाको अतिरिक्त रकम ३० अर्बभन्दा बढी हुने भएकाले त्यस रकमले बाढीपहिरोपीडितको घर निर्माण, खानालगायतका क्षेत्रमा खर्च गर्दा राम्रो हुने सुझावसमेत उनले दिएका छन् ।

‘विश्वमै १२ महिनाको १ वर्ष हुन्छ, तर यहाँ नेताहरूले १३ महिनाको तलब लिन्छन्, महिनामा २१–२२ दिन काम गरेर बिदाको दिन घरमै बस्ने र बिदाको समेत तलब खाने गरेका छन्, घुस पनि खाने, काम नगरी तलब पनि खाने, आयोजनाहरूबाट कमिसन पनि खाने र चाडपर्वबापत एक महिनाको अतिरिक्त तलब लिन्छन्,’ आजपा अध्यक्ष साहले भने, ‘त्यो एक महिनाको अतिरिक्त तलब जुन चाडपर्व भनेर लिने गरेका छन्, त्यो रोकेर बाढीपहिरोपीडितलाई दिन मेरो अनुरोध छ, सरकारले उद्धारमा त ध्यान दिएन, मेरो अनुरोध छ, पीडितको व्यवस्थापनमा ध्यान देओस् ।’

(Visited 24 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School