प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा



प्रकाशित मिति : भाद्र २३, २०८२ मंगलबार

प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओली ।
तस्बिर : रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । सोमबारदेखि काठमाडौंमा जारी जेनजी पुस्ताको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।

सोमबार भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध जेनजी पुस्ताहरूले काठमाडौंसहित देशभरका विभिन्न स्थानमा आन्दोलन गरेका थिए । उक्त प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाले ज्यान गुमाएका थिए ।

सरकारी दमनका कारणले १९ जनाको ज्यान गएपछि काठमाडौं उपत्यकामा लगाइएको कर्फ्युलाई तोड्दै मंगलबार जेनजीहरुले झनै आन्दोलन चर्काएका छन् । चौतर्फी दबाब र आलोचनापछि प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् ।

प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा





Source link

Leave a Comment