प्रधानमन्त्री ओलीद्वारा तिहारको शुभकामना : सबैको जीवनमा उमङ्ग छाओस्

प्रधानमन्त्री ओलीद्वारा तिहारको शुभकामना : सबैको जीवनमा उमङ्ग छाओस्



प्रकाशित मिति : कार्तिक १८, २०८१ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएकाले यस अवसरवमा सबै नेपालीमा उमङ्ग छाओस् भन्नुहुँदै शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गर्दै भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने विश्वास लिनुभएको छ । भाइटीकाका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले तिहार सबैको जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका, समस्त दिदीबहिनी तथा दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना ।”





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School