प्रधानमन्त्रीले भनेः सुशासनमा शिथिलता आएकाले गठबन्धन फेर्नुपर्‍यो

प्रधानमन्त्रीले भनेः सुशासनमा शिथिलता आएकाले गठबन्धन फेर्नुपर्‍यो


६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको अभियानमा शिथिलता आएकाले समीकरण फेर्नु परेको बताएका छन् ।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धनमा रहेर सुशासनको अभियान चलाउन थुप्रै समस्या आएको बताएका हुन् ।

आफू प्रधानमन्त्री भएपछि सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रै काम थाले पनि पछि समस्या आएको उनले बताए ।

‘कामहरू भएका पनि हुन् । त्यसमा मद्दत गर्नेहरूलाई धन्यवाद भनेको पनि छु’ प्रचण्डले भने, ‘साथसाथै पछि चाहिं त्यसमा शिथिलता देखापर्‍यो, कयौं समस्या देखा परे । त्यो अवस्थामा नयाँ समीकरण बनाएर मात्रै फेरि सुशासनको पक्षमा, विकास र समृद्धिको पक्षमा जनतामा भरोसा जगाउन सकिन्छ भन्ने उद्देश्यका साथ यो समीकरण बनेको छ ।’

गठबन्धन फेरेपछि सुशासन, समृद्धि र सामाजिक न्यायको कामले फेरि गति लिएको समेत प्रधानमन्त्रीले बताएका छ्न् । ‘केही दिनभित्रै केही राम्रा काम अगाडि बढेका छन्’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्रीले सडकमा न्याय मागेर बसिरहेकाहरूको आवाज सम्बोधन, अराजकता नियन्त्रण र भ्रष्टाचारका मुद्दामा सरकारले जनतालाई भरोसा दिलाउने गरी काम गरेको समेत बताए ।

‘लघुवित्त पीडितका समस्या होस्, चाहे मिटरब्याज पीडितको समस्या होस्, चाहे सहकारीसँग सम्बन्धित समस्या होस्’ प्रधानमन्त्रीले भने, ‘चाहे दशौं महिनादेखि माइतीघर मण्डलामा कुनै न कुनै रुपमा न्यायका निम्ति आवाज उठाउनेहरूको समस्या हुन्, तिनको सम्बोधन गर्ने प्रक्रिया सुरु गरिएको छ ।’

भ्रष्टाचार र बेथितिमा संलग्नहरू जोसुकै भए पनि कडा कदम चाल्ने अभियान सुरु भइसकेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । ‘सुशासनको पक्षमा चाहे जो कोही होस्, यदि भ्रष्टाचार या बेथितिमा संलग्न देखियो भने उसका विरुद्ध हामीले कडा कदम चालेर जनतामा सुशासनको पक्षमा भरोसा दिलाउने कामको सुरुवात गरेका छौं’, प्रधानमन्त्रीले भने ।

सँगै संविधान र कानुन हातमा लिएर अराजकता फैलाउनेलाई नियन्त्रणमा लिन थालेको पनि जानकारी दिए । ‘अहिले समाजमा अराजकता फैलाउने, संविधान, नियम कानुन हातमा लिएर जे मन लाग्यो, त्यही बोल्दै हिंड्ने, जे मन लाग्यो त्यही घोषणा गर्दै हिंड्ने प्रवृत्तिलाई पनि यो नयाँ सरकार गठनसँगै नियन्त्रण गर्ने प्रक्रियातिर पनि हामी अघि बढिसकेका छौं । त्यसमा पनि केही संकेत देखापरिसकेका छन्’, प्रधानमन्त्रीले भने । तर यति नै पर्याप्त नभएको पनि प्रधानमन्त्रीले बताएका छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School