प्रतिक्रियामा मिलेर काम गरेमा ईयू र क्यानडामाथि ठूलो मात्रामा कर लगाउने ट्रम्पको चेतावनी



प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र युरोपेली संघ (इयू) मिलेर अमेरिकाको आर्थिक हितलाई असर पार्ने कदम चालेको खण्डमा उनीहरुमाथि ठूलो मात्रामा कर लगाउने चेतावनी दिएका छन् । बिहीबार ट्रुथ सोसलमार्फत राष्ट्रपति ट्रम्पले यस्तो चेतावनी दिएका हुुन् ।

बिहीबार बिहान ट्रुथ सोसलमा राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘यदि युरोपेली संघले क्यानडासँग मिलेर अमेरिकालाई आर्थिक क्षति पुर्‍याउने प्रयास गर्छ भने हाल योजना गरिएका भन्दा धेरै ठूलो स्तरका ट्यारिफ उनीहरू दुवैमाथि लगाइनेछन् । ताकि ती दुई देशको अहिलेसम्मको सबैभन्दा राम्रो साथी (अमेरिका) को रक्षा गर्न सकियोस्।’

ट्रम्प प्रशासनले यसअघि नै केही मुख्य उद्योगहरूमा ट्यारिफ लगाउने घोषणा गरिसकेको छ, जसका कारण अमेरिका र व्यापारिक साझेदारहरूबीच तनाब बढेको छ।

प्रतिक्रियामा मिलेर काम गरेमा ईयू र क्यानडामाथि ठूलो मात्रामा कर लगाउने ट्रम्पको चेतावनी

प्रतिक्रियामा मिलेर काम गरेमा ईयू र क्यानडामाथि ठूलो मात्रामा कर लगाउने ट्रम्पको चेतावनी

यसैबीच, युरोपेली संघले अमेरिकाविरुद्धको ट्यारिफलाई अप्रिल मध्यसम्मका लागि स्थगित गरेको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको अटो ट्यारिफलाई ‘सिधा आक्रमण’ को संज्ञा दिँदै बिहीबार आफ्नो मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उनले भनेका छन्, ‘हामी हाम्रो आर्थिक सुरक्षाका लागि आवश्यक सबै कदम चाल्नेछौं।’





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School