प्रचण्ड सरकारलाई दिएको समर्थन एमाले ले फिर्ता लियो , राजिनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीसंग कांग्रेसको आग्रह

प्रचण्ड सरकारलाई दिएको समर्थन एमाले ले फिर्ता लियो , राजिनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीसंग कांग्रेसको आग्रह



प्रकाशित मिति : असार १९, २०८१ बुधबार

नेकपा एमालेले सरकारलाई दिएको समर्थन बुधबारदेखि नै लागु हुनेगरी फिर्ता लिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखी राष्ट्रिय सरकार गठन गरी राजनीतिक स्थायित्व दिने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।

ओलीले सरकारलाई दिएको समर्थन बुधबारकै मितिदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गर्नुभएको छ । समर्थन फिर्ता लिएको पत्रसँगै एमालेबाट मन्त्री बनेका ८ जनाले पनि बुधबार नै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन् ।

२१ फागुनमा प्रचण्डले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग सहमति गरेपछि एमालेबाट ८ जना मन्त्री सरकारमा सहभागी भएका थिए ।
उनीहरुले बुधबार बालुवाटारमा प्रधानमन्त्रीलाई राजीनामा बुझाएपनि प्रधानमन्त्रीले स्वीकृत गर्नुभएको छैन ।

सोमबार नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठन गर्ने सहमति गरेका छन् । एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिन पनि आग्रह गरेको छ ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । तर प्रधानन्त्री प्रचण्डले भने संबिधान अनुसार बिश्वासको मत को सामना गर्ने बताइरहनु भएको छ ।

सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र बिश्वासको मत लिनुपर्ने संबैधानिक व्यबस्था रहेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School