प्यालेस्टिनी कैदीमाथि दुर्व्यवहारको भिडियो ‘लिक’ भएपछि इजरायली सेनाका वरिष्ठ अधिकारी पक्राउ



प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार

प्यालेस्टिनी कैदीमाथि दुर्व्यवहारको भिडियो ‘लिक’ भएपछि इजरायली सेनाका वरिष्ठ अधिकारी पक्राउ

इजरायली सेनाका पूर्व वरिष्ठ कानूनी सल्लाहकार (मेजर जनरल) यिफात टोमर–यरुशल्मी पक्राउ परेकी छन् । प्यालेस्टिनी कैदीमाथि भएको दुर्व्यवहारको भिडियो ‘लिक’ सम्बन्धी राजनीतिक विवाद चर्किंदै गएपछि उनलाई प्रहरीको निगरानीमा राखिएको हो ।

टोमर–यरुशल्मीले गत हप्ता पदबाट राजीनामा दिएकी थिइन् । उनले भिडियो ‘लिक’को सम्पूर्ण जिम्मेवारी लिने बताएकी थिइन् । तर उनी अचानक बेपत्ता भएपछि परिस्थिति नाटकीय बनेको हो ।

तेल अभिभको उत्तरी समुद्री किनारमा घण्टौं खोजीपछि उनी “सुरक्षित र स्वस्थ” अवस्थामा भेटिइन् । तर त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो। यो विवाद सन् २०२४ अगस्टमा इजरायली समाचार च्यानलमा प्रसारण भएको एउटा भिडियोबाट सुरु भएको हो ।

प्यालेस्टिनी कैदीमाथि दुर्व्यवहारको भिडियो ‘लिक’ भएपछि इजरायली सेनाका वरिष्ठ अधिकारी पक्राउ

प्यालेस्टिनी कैदीमाथि दुर्व्यवहारको भिडियो ‘लिक’ भएपछि इजरायली सेनाका वरिष्ठ अधिकारी पक्राउ

उक्त भिडियोमा दक्षिण इजरायलको स्दे टेमान सैनिक शिविरमा रहेका सैनिकहरूले एक जना प्यालेस्टिनी कैदीलाई घेरेर, कुटपिट र धारिलो वस्तुले जननाङ्गमा (गुप्ताङ्गमा) हानी पुर्याएको देखिन्छ । ती कैदी गम्भीर घाइते भएका थिए । पाँच जना आरक्षित सैनिकमाथि गम्भीर दुर्व्यवहार र शारीरिक क्षतिको आरोप लगाइएको छ ।

तर उनीहरूले सबै आरोप अस्वीकार गरेका छन्। ती सैनिकहरूले अनुहार ढाक्ने कालो मास्क लगाएर यरुशलेमको सर्वोच्च अदालतबाहिर पत्रकार सम्मेलन गरेका थिए । उनीहरुले आफूहरूलाई “राजनीतिक कारणले बनाइएको झूटो मुद्दा” मा फसाइएको दाबी गरेका थिए । सो घटना केन्द्रमा रहेका प्यालेस्टिनी कैदीलाई सन् २०२४ अक्टोबरमा हमाससँगको कैदी–बन्दी साटासाट सम्झौताअन्तर्गत गाजामा फर्काइएको खुलासा सोमबार भएको हो ।

भिडियो चुहावटबारे गएको हप्ता आपराधिक अनुसन्धान सुरु गरिएको थियो । टोमर–यरुशल्मीलाई सोधपुछका लागि निलम्बन गरिएको थियो। रक्षा मन्त्री इस्रायल काट्ज ले उनले पुनः आफ्नो पदमा फर्किन नपाउने बताएपछि उनले राजीनामा दिइन्।

राजीनामा पत्रमा उनले लेखेकी छन् “जब पनि कुनै कैदीमाथि हिंसाको आशङ्का हुन्छ भने त्यसको छानबिन गर्नु हाम्रो कर्तव्य हो।” तर रक्षा मन्त्री काट्जले ती कदमलाई “इजरायली सैनिकमाथिको रक्तपातको आरोप भन्दै तीव्र आलोचना गरे।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले घटना इजरायल राज्य स्थापनादेखि अहिलेसम्मको सबैभन्दा ठूलो सञ्चारमाध्यमको (जनसञ्चार) आक्रमण भएको बताए । मेजर जनरल टोमर–यरुशल्मी र पूर्व प्रमुख सैन्य अभियोजक कर्नल मटन सोलोमोशलाई “सूचना चुहावट र अन्य गम्भीर आपराधिक गतिविधि” को आरोपमा पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताएका छन् ।

टोमर–यरुशल्मीको गिरफ्तारीले इजरायली सेनाभित्र पारदर्शिता, राजनीतिक हस्तक्षेप र मानवअधिकार उल्लङ्घनबारेको बहसलाई अझै चर्काएको छ । यो विवादले इजरायलको सुरक्षा संरचना मात्र होइन, देशको नैतिक छवि र लोकतान्त्रिक संस्थाहरूमाथि पनि गम्भीर प्रश्न उठाएको छ ।





Source link

Leave a Comment