प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने क्यानडाको निर्णयले बिच्किए ट्रम्प, ३५ % शुल्क लगाउने चेतावनी



प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार युद्धलाई थप तीव्र बनाउँदै आगामी अगस्ट १ सम्म व्यापार सम्झौता नभए क्यानडाली वस्तुहरूमा ३५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्।

क्यानडाले प्यालेस्टाइनलाई राष्ट्र मान्यता दिने निर्णयले दुई देशबीच व्यापार सम्झौता गर्न “धेरै गाह्रो” बनाउने ट्रम्पको बुझाई छ ।

ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भने, “वाह ! क्यानडाले प्यालेस्टाइनलाई राष्ट्र मान्यता दिने घोषणा गरेको छ। अब उनीहरूसँग व्यापार सम्झौता गर्नु अत्यन्त कठिन हुनेछ।”

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले यसअघि अमेरिकासँगको भन्सार वार्ता रचनात्मक रहेको बताएका थिए। तर, उनले समयसीमाभित्र सम्झौता हुन नसक्ने संकेत दिएका छन्। उनले वार्ता अन्तिम चरणमा पुगेको भए पनि अमेरिकी सबै भन्सार हटाउने सम्भावना न्यून रहेको स्पष्ट पारे।

संयुक्त राष्ट्रसंघको आगामी सेप्टेम्बरमा हुने बैठकमा क्यानडाले प्यालेस्टाइनलाई आधिकारिक राष्ट्रको रूपमा मान्यता दिने तयारी गरिरहेको छ। कार्नीले गाजामा फैलिएको भोकमरी र मानवीय संकटप्रति चिन्ता व्यक्त गर्दै इजरायली सरकारमाथि गम्भीर आरोप लगाएका थिए।

“क्यानडाले गाजामा इजरायली सरकारले आपत् स्थिति निम्त्याएको कुराको कडा निन्दा गर्दछ,” कार्नीले बताएका थिए।

अमेरिका र इजरायल दुवैले कार्नीको टिप्पणीलाई अस्वीकार गरेका छन्। ट्रम्प प्रशासनले क्यानडाको निर्णयलाई “स्पष्टतः अमेरिकी हितविरुद्ध” भनेको छ।

गत वर्ष मात्र क्यानडाले ३४९ अर्ब डलर बराबरको अमेरिकी सामान खरिद गरेको थियो भने ४१२ अर्ब डलरको सामान अमेरिका निर्यात गरेको थियो। क्यानडा अमेरिका–मेक्सिको–क्यानडा सम्झौताभित्र नपरेका वस्तुमा उच्च भन्सार लाग्न सक्ने सम्भावना बढेको छ।

प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने क्यानडाको निर्णयले बिच्किए ट्रम्प, ३५ % शुल्क लगाउने चेतावनी





Source link

Leave a Comment