पोर्चुगलमा गुल्मेलीहरूमात्रै झण्डै १५ सय, गुल्मी समाज पोर्चुगलको अध्यक्षमा कलश खरेल

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार

पोर्चुगलमा गुल्मेलीहरूमात्रै झण्डै १५ सय, गुल्मी समाज पोर्चुगलको अध्यक्षमा कलश खरेल

गुल्मी समाज पोर्चुगलको तेस्रो अधिवेशन सोमबार राजधानी लिस्बनमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नमूना नेपाल डट कमका प्रधान सम्पादक एवं पत्रकार कलश खरेलको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।

वरिष्ठ उपाध्यक्षमा नरेन्द्र गिरी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षहरूको जिम्मेवारी बल रायमाझी, सुमन खनाल, मेघराज आचार्य र मनिषा अर्याल भण्डारीले पाउनुभएको छ।

पोर्चुगलमा गुल्मेलीहरूमात्रै झण्डै १५ सय, गुल्मी समाज पोर्चुगलको अध्यक्षमा कलश खरेल

संस्थाको प्रशासनिक नेतृत्व सम्हाल्ने गरी महासचिवमा विष्णु सापकोटा चयन हुनुभएको छ। त्यस्तै, सचिव पदमा भेषराज भण्डारी र प्रदीप खनाल निर्वाचित हुनुभएको छ। आर्थिक विभागको जिम्मेवारी अन्तर्गत कोषाध्यक्षमा मुकुन्द गैरे र सह-कोषाध्यक्षमा रामहरि गिरी रहनुभएको छ।

कार्यसमितिको सदस्यहरूमा खिमानन्द खराल, दिनेश सिंह ठकुरी, कुल बहादुर गुरुङ, प्रभास घर्ती मगर, नेत्र अर्याल, कमल अर्याल, राजीव थापा, सृजन के.सी., चुरा बहादुर रायमाझी, बाबुराम सापकोटा, साबित्रा खराल, कृष्ण लामिछाने, कृष्ण सापकोटा र लीलाधर सापकोटा रहनुभएको छ।

पोर्चुगलमा गुल्मेलीहरूमात्रै झण्डै १५ सय, गुल्मी समाज पोर्चुगलको अध्यक्षमा कलश खरेल

समाजका निवर्तमान अध्यक्ष माया खरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव गोविन्द कँडेलले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका सल्लाहकार रमेश मल्ल प्रमुख अतिथि रहनुभएको थियो।

शुभकामना मन्तव्य राख्ने क्रममा समाजका सल्लाहकार एवं खसोखास युरोपका सम्पादक हरिकृष्ण पन्थी, सल्लाहकार विष्णु खरेल लगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो।

पोर्चुगलमा गुल्मेलीहरूमात्रै झण्डै १५ सय, गुल्मी समाज पोर्चुगलको अध्यक्षमा कलश खरेल

नवनिर्वाचित अध्यक्ष कलश खरेलले पोर्चुगलमा रहेका सम्पूर्ण गुल्मेलीहरूको अभिभावकत्व निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो: “मैले गुल्मी समाजलाई साझा पहिचान, माया र एकताको प्रतीकका रूपमा अघि बढाउने संकल्प गरेको छु। पराई भूमिमा हाम्रो गाउँ–ठाउँ, संस्कृति र सम्बन्धलाई जोगाइराख्न म सदैव क्रियाशील रहनेछु।”

पोर्चुगलमा गुल्मेलीहरूमात्रै झण्डै १५ सय, गुल्मी समाज पोर्चुगलको अध्यक्षमा कलश खरेल

उहाँले संस्थाको उद्देश्य प्राप्तिका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा समेत जोड दिनुभयो। हाल पोर्चुगलमा करिब १,५०० गुल्मेलीहरू बसोबास गरिरहेको अनुमान गरिएको छ। यद्यपि, नवनिर्वाचित कार्यसमितिले पोर्चुगलमा रहेका गुल्मेलीहरूको वास्तविक तथ्याङ्क (डाटा) संकलन कार्यलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

Source link

Leave a Comment