पोखराको काहुँमा भीषण आगलागी


पोखराको काहुँडाडाँमा सोमबार बेलुकी भीषण आगलागी भएको छ। बेलुकी ७ बजेदेखि सुरु भएको आगलागी राती अबेरसम्म नियन्त्रणमा आएको छैन।

पोखरा महानगरपालिका–११ काहुँको जंगलमा आगो लागेको हो। आगलागी नियन्त्रणका लागि प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले बताए।

‘आगो नियन्त्रण गर्न सहज छैन। बस्तीमा आगो पस्न नदिन विशेष सतर्कता अपनाइएको छ। मणिपाल शिक्षण अस्पतालको माथिल्लो भेगको ठाडो र भिरालो खर्‍यान क्षेत्रमा आगो लागेको हो। बस्ती नजिक त गएको छैन। तर, निभाउन भने सहज छैन,’ उनले भने।

पोखराको काहुँमा भीषण आगलागी

उनका अनुसार मणिपाल अस्पताल क्षेत्रमा आगो बढ्ने त्रास भएपनि दमकल सहित थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आगो नियन्त्रणका लागि प्रयास भइरहेको बताए। उनका अनुसार २ वटा दमकल परिचालन भएको छ। आगो नियन्त्रणमा लिन सकस भएको उनले बताए।

पोखराको काहुँमा भीषण आगलागी

उनका अनुसार पोखरा आसपासका ७ ठाउँमा सोमबार आगो लागेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत दमकल पठाउने तयारी भएको उनले सुनाए।

मेयर आचार्यका अनुसार आइतबार पनि पोखरा आसपासका धेरै क्षेत्रमा आगलागी भएको थियो। ‘साह्रै नै डरलाग्दो आगलागी भएको छ। अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। सुरक्षाकर्मी परिचालन भएको छ,’ मेयर आचार्यले भने। 

कच्ची सडक भएको र साँघुरो सडक भएकोले दमकल पठाए पनि सहज भएको छैन।

प्रकाशित: ५ चैत्र २०८० २२:०९ सोमबार





Source link

Leave a Comment