प्रकाशित मिति : श्रावण २७, २०८१ आईतबार
पेरिस ओलम्पिकमा अमेरिकाले पहिलो स्थान हात पार्न सफल भएको छ । कुल १ सय २६ पदक हात पारेको अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो ।
यसअघिको टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्णसहित एक सय १३ पदक जितेर दोश्रो भएको अमेरिका पेरिस ओलम्पिकमा भने पहिलो बन्न सफल भएको हो । यसअघि ४० स्वर्ण पदकसहित शीर्षस्थानमा रहेको चीन भने दोस्रोमा झरेको हो ।
उसले पेरिस ओलम्पिकमा ४० स्वर्णसहित २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जितेको छ । यद्यपी यस ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन् ।
प्रतियोगिताको अन्तिम दिन आइतबार १३ स्वर्णको लागि प्रतिस्पर्धा भएको थियो । जापान तेस्रो भएको छ । उसले २० स्वर्णसँगै १२ रजत र १३ कांस्य गरेर ४५ पदक जितेको हो ।
अस्ट्रेलिया १८ स्वर्ण, १९ रजत र १६ कांस्य गरी ५३ पदक जितेर चौथो भएको छ । आयोजक फ्रान्स पाँचौँ स्थानमा पुगेको छ । कुल ६३ पदक जितेको फ्रान्सले १६ स्वर्ण जितेको छ ।
पेरिस ओलम्पिक २०२४ मा सहभागी २ सय ६ मध्ये ६२ देशले स्वर्ण पदक जितेका छन् । ९१ देशले पदकको खाता खोलेका छन् । यो संगै पेरिस ओलम्पिक २०२४ सकिएको छ । गएको जुलाई २६ मा औपचारिक रुपमा शुरु भएको भएको थियो ।