पेन्टागनलाई अब युद्ध मन्त्रालयको रूपमा चिनाउन राष्ट्रपति ट्रम्पको निर्देशन



प्रकाशित मिति : भाद्र १८, २०८२ बिहीबार

पेन्टागनलाई अब युद्ध मन्त्रालयको रूपमा चिनाउन राष्ट्रपति ट्रम्पको निर्देशन

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनलाई अब “युद्ध मन्त्रालय” अर्थात ‘डिपार्टमेन्ट अफ वार’ को नामले चिनिने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसका लागि कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरिरहेका छन्।

यो आदेशले रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालयमा परिणत गर्नेछ र रक्षा मन्त्री पिट हेगसेथलाई “युद्ध मन्त्री” अर्थात ‘सेक्रेटरी अफ वार’ भनिनेछ।

अमेरिकी सेनाको सर्वोच्च निकाय पेन्टागन वास्तवमा युद्ध मन्त्रालयकै उत्तराधिकारी हो। यो सन् १७८९ मा मन्त्रिपरिषद् स्तरीय निकायको रूपमा स्थापना भएको थियो र सन् १९४७ सम्म कायम रहेको थियो।

पेन्टागनलाई अब युद्ध मन्त्रालयको रूपमा चिनाउन राष्ट्रपति ट्रम्पको निर्देशन

तर, कुनै मन्त्रालयको नाम आधिकारिक रूपमा परिवर्तन गर्ने अधिकार अमेरिकी संसद (कंग्रेस) को हातमा हुन्छ। त्यसैले, कानुनअनुसार नाम परिवर्तन गर्न संशोधन आवश्यक पर्छ।

ट्रम्पले हस्ताक्षर गर्न लागेको कार्यकारी आदेशमा रक्षा मन्त्रालय भन्ने नामले बढी तयारी र संकल्पको सन्देश दिने उल्लेख छ। यसमा रक्षा शब्दले केवल आत्मरक्षात्मक क्षमता मात्र देखाउने तर्क गरिएको छ।

ट्रम्पले यसअघि पनि पटकपटक नाम परिवर्तन गर्ने कुरा उठाउँदै आएका छन्। उनले अघिल्ला दुई विश्वयुद्धमा अमेरिकाले विजय हासिल गरेको ऐतिहासिक पृष्ठभूमि यही नामसँग जोडिएको बताएका छन्।

“यदि कंग्रेसको आवश्यकता पर्छ भने, पक्कै कंग्रेसले पनि साथ दिनेछ भन्नेमा म विश्वस्त छु। मलाई लाग्छ, आवश्यक नै पर्दैन। तर, आवश्यक परे पनि कंग्रेसले साथ दिनेछ,” राष्ट्रपति ट्रम्पले गत साता भनेका थिए।

ट्रम्प र हेगसेथले मन्त्रालयलाई पुनः “युद्ध लड्ने” संस्कृति र “योद्धा मानसिकता” मा केन्द्रित गर्न खोजेका छन्।

पेन्टागनलाई अब युद्ध मन्त्रालयको रूपमा चिनाउन राष्ट्रपति ट्रम्पको निर्देशन

पेन्टागन अमेरिकाको राजधानी वाशिङ्टन डी.सी. नजिकै भर्जिनियाको आर्लिङ्टन काउन्टीमा अवस्थित छ।

पेन्टागन विश्वकै सबैभन्दा ठूलो प्रशासनिक भवनमध्ये एक हो। यसमा करिब २८ हजार सैनिक तथा नागरिक कर्मचारीहरूले काम गर्छन्। भवनको आकार पाँचभुज आकारमा बनेको हुनाले यसलाई पेन्टागन भनिएको हो।

सन् १९४१ मा यसको निर्माण सुरु गरिएको थियो र १९४३ मा सम्पन्न भयो। दोस्रो विश्वयुद्धको समयमा अमेरिकालाई ठूलो सैन्य प्रशासनिक केन्द्र आवश्यक भएकाले यस भवनको निर्माण गरिएको हो।

पेन्टागनलाई अमेरिकी सेनाको मस्तिष्क वा सैन्य रणनीति केन्द्र पनि भनिन्छ। यहाँबाट अमेरिकी थल, जल, वायु तथा अन्तरिक्ष सेनाको सम्पूर्ण प्रशासन, नीति निर्माण तथा रणनीतिक आदेश जारी गरिन्छ।

सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणमा पेन्टागन पनि निशानामा परेको थियो, जसमा ठूलो जनधनको क्षति भएको थियो। पेन्टागन अमेरिकी सैन्य शक्ति र सुरक्षा नीतिको मुख्य केन्द्र हो। एजेन्सीहरुको सहयोगमा





Source link

Leave a Comment