पेनसिल्भेनियाका गभर्नर शापिरोको सरकारी निवासमा आगजनीको प्रयास, एकजना पक्राउ



प्रकाशित मिति : चैत्र ३१, २०८१ आईतबार

अमेरिकाको पेनसिल्भेनियाका गभर्नर जोश शापिरोको सरकारी निवासमा आगजनीको प्रयास भएको छ । सो घटनामा सम्लग्न भएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ । हत्या प्रयास र आतंकवादको आरोपमा ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

पेनसिल्भेनियाको गभर्नर जोश शापिरोको सरकारी निवासमा भएको आगजनीको प्रयासपछि ३८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको हो । अधिकारीहरूले उक्त आक्रमणलाई हत्या प्रयास, आतंकवाद र आगजनीको प्रयास अन्तर्गत अनुसन्धान गरिरहेका बताएका छन्।

पक्राउ पर्ने व्यक्ति कोडी बाल्मर हुन् । उनलाई ह्यारिसबर्ग क्षेत्रमा एक होममेड विस्फोटक उपकरणसहित पक्राउ गरिएको हो । उनीमाथि हत्या प्रयास, आतंकवादी कार्य, र आगजनी प्रयासको आरोप लागेको छ ।

पेनसिल्भेनियाका गभर्नर शापिरोको सरकारी निवासमा आगजनीको प्रयास, एकजना पक्राउ

पेनसिल्भेनियाका गभर्नर शापिरोको सरकारी निवासमा आगजनीको प्रयास, एकजना पक्राउ

गभर्नर शापिरोले आइतबार पत्रकार सम्मेलनमा बताएअनुसार, रातको मध्यतिर उनले आपतकालीन निकायले ढोका ढकढकाइरहेको आवाज सुने र उठे । त्यसबेला आगो घरको एक भागमा फैलिइसकेको थियो ।

भविष्यमा राष्ट्रपतिको उम्मेदवारका रूपमा समेत चर्चामा डेमोक्र्याट नेता शापिरो आफ्नी श्रीमती लोरी र चार सन्तान—सोफिया, जोनाह, म्याक्स र रूबेनसँग सुरक्षितरूपमा घरबाट बाहिर निस्कन सफल भए ।

तर, राजधानी ह्यारिसबर्गस्थित गभर्नर निवासको एक भागमा भने ठूलो क्षति भएको छ । आक्रमण घटना हुनुभन्दा केही घण्टा अघि शापिरो परिवारले यहूदी चाड पासओभर को पहिलो रात घरमै मनाइरहेका थिए ।

राज्य प्रहरीका डेपुटी कमिश्नर जर्ज बिभेन्सले बाल्मर गभर्नर निवासको वरिपरिको पर्खाल नाघेर घरभित्र प्रवेश गर्न सफल भएका बताए । आगो कसरी लगाइयो भन्नेबारेमा भनेअनुसन्धान जारी रहेको उनले भनेका छन ।

ह्यारिसबर्ग फायर विभागले आगो निभाउने काम गरिरहँदा प्रहरीले शापिरो र उनको परिवारको उद्धारमा ध्यान केन्द्रित गरेको थियो । अधिकारिहरूले घटनापछि दोषीको पहिचानमा सहयोग गर्ने जानकारी दिने व्यक्तिलाई १० हजार डलर पुरस्कारको घोषणा गरेका थिए ।

पेनसिल्भेनियाका गभर्नर शापिरोको सरकारी निवासमा आगजनीको प्रयास, एकजना पक्राउ

जोश शापिरो सन् २०२३ देखि पेनसिल्भेनियाका गभर्नरका रूपमा कार्यरत छन् । यसअघि उनी राज्यका अटर्नी जनरल थिए।

शापिरोको नाम सन् २०२४ को राष्ट्रपतीय चुनावका क्रममा पूर्व उपराष्ट्रपति कमला ह्यारिसको सम्भावित उपराष्ट्रपति उम्मेदवारको रूपमा पनि उठेको थियो । यद्यपि ह्यारिसले भने पूर्व मिनेसोटा गभर्नर टिम वाल्जलाई रोजेकी थिइन् ।

ह्यारिसबर्गस्थित गभर्नर निवास सन् १९६८ मा जर्जियन शैलीमा निर्माण गरिएको भवन हो । यो भवनमा अहिलेसम्म आठ जना गभर्नरहरू बसिसकेका छन्।





Source link

Leave a Comment