पेनसिल्भेनियाका गभर्नरलाई हतौडाले आक्रमण गर्ने योजना



प्रकाशित मिति : बैशाख १, २०८२ सोमबार

अमेरिकाको पेनसिल्भेनियाका गभर्नरलाई हतौडाले आक्रमण गर्ने योजना सार्वजनिक भएको छ । गभर्नरको निवासमा आगजनी गरेको आरोपमा पक्राउ परेका व्यक्तिले गभर्नरमाथि हतौडाले आक्रमण गर्ने योजना बनाएको बताएका छन ।

पेनसिल्भेनियाका गभर्नर जोश शापिरोको आधिकारिक निवासमा आगजनी गर्ने आरोपमा एक व्यक्ति पक्राउ परेपछि पछिल्लो सूचना बाहिर आएको हो । प्रहरीले गभर्नरलाई निवासभित्र फेला पारेका भए ति व्यक्तिले हतौडाले आक्रमण गर्ने योजना बनाएका बताएको छ ।

३८ वर्षीय कोडी बाल्मरलाई हत्या प्रयास, आतंकवाद, जघन्य आगजनी र आक्रामक हमलाको अभियोगमा पक्राउ गरिएको छ । अधिकारीहरूका अनुसार बाल्मरले शनिबार राती मोलोटोभ ककटेल प्रयोग गरी गभर्नर निवासमा आगो लगाएका थिए ।

पेनसिल्भेनियाका गभर्नरलाई हतौडाले आक्रमण गर्ने योजना

पेनसिल्भेनियाका गभर्नरलाई हतौडाले आक्रमण गर्ने योजना

गभर्नर शापिरो उनकी पत्नी, चारजना छोराछोरी, पाहुना र कर्मचारीहरू भने सकुशल बाहिरिन सफल भएका थिए । आगलागीबाट ह्यारिसबर्गस्थित निवास भवनमा गम्भीर क्षति पुगेको छ ।

प्रहरी प्रतिवेदन अनुसार बाल्मर आफ्नै घरबाट करिब एक घण्टा हिँडेर गभर्नर निवाससम्म पुगेका थिए । सुरुमा उनी राज्य प्रहरीबाट बच्न सफल भएका थिए ।

तर केही घण्टापछि उनीले आफैं प्रहरीमा आत्मसमर्पण गरेका थिए । प्रहरीले उनको घरमा खोजी गर्दा कपडा र हतौडा फेला पारेको जनाएको छ । एकजना पूर्वप्रेमिकाले प्रहरीलाई बाल्मरले आगो लगाएको जानकारी दिएकी थिइन् ।

हालसम्म घटनाको कुनै स्पष्ट उद्देश्य खुलाइएको छैन । बाल्मरकी आमा क्रिस्टी बाल्मरले उनका छोरा मानसिक रोगबाट ग्रस्त भएको र केही दिनअघि औषधि लिन छाडेको बताइन ।

फेसबुकमा बाल्मरको नाम, स्थान र व्यक्तिगत विवरण मिल्ने खाता अनुसार उनले पूर्व राष्ट्रपति जो बाइडन र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प दुवैको आलोचना गरेका थिए ।

पेनसिल्भेनियाका गभर्नरलाई हतौडाले आक्रमण गर्ने योजना

त्यस खातामा विभिन्न षड्यन्त्र सिद्धान्त, हतियार र राजनीतिक हिंसासम्बन्धी सामग्री पनि देखिएको छ । यूएस आर्मीका अनुसार बाल्मरले २००४ देखि २०१२ सम्म अमेरिकी सेना रिजर्भमा सेवा गरेका थिए ।

गभर्नर शापिरो अमेरिकी राजनीतिमा उदाउँदो नेताको रूपमा चिनिन्छन् । सन् २०२४ को निर्वाचनमा उनी उपराष्ट्रपति उम्मेदवारका लागि सम्भावित थिए । तर मिनेसोटाका गभर्नर टिम वाल्ज छनोट भए ।

एफबीआई निर्देशक काश पटेलले हमलाको अनुसन्धानका लागि संघीय स्रोतहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School