पेट्रोलियम पदार्थ आयात न्यूनीकरणका उपाय : RajdhaniDaily.com


धर्तीको गर्भभित्र रहेको ‘तेलजन्य घाउ’ प्रशोधन गरेपछि पेट्रोलियम पदार्थका रूपमा बिक्री वितरणका लागि बजारमा पठाइन्छ । जुन आमउपभोक्ताको दैनिकीको अग्रस्थानमा रहँदै आएको छ । पेट्रोलियम पदार्थले आर्थिक राजनीतिको विश्व बजारमा महŒवपूर्ण हिस्सा ओगट्दै आएको छ । तर, यसले अनावश्यक आर्थिक चलखेलका दरमा तीव्रता ल्याएकाले उपभोक्ता चिन्तित छन् । सन् १९६० मा इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुयलाले पेट्रोल निर्यात गर्ने देशको संगठन ओपेक स्थापना गरे । यसको १० वर्षपछि अर्थात् सन् १९७० मा इराक, कुवेत र साउदी अरबसहित केही देशले तेल उद्योगलाई राष्ट्रियकरण गरी ठूला विदेशी कम्पनी हटाएर पेट्रोलको मूल्य बढाए । त्यसपछि विश्वमा पेट्रोलको मूल्य घटबढ हुन थाल्यो । र, विश्व अर्थतन्त्र नै धेरै प्रभावित हुन थाल्यो । ओपेक राष्ट्रले आफ्ना पेट्रोल उत्पादन नियन्त्रणमा लिएपछि विश्व बजारमा उनीहरूको प्रभाव निकै बढ्न थाल्यो । ’cause, विश्वको उनीहरू आधारभन्दा बढी पेट्रोल उत्पादन आफ्नो नियन्त्रणमा लिन सफल भएका थिए । फलतः उनीहरूले विश्वको मागअनुरूप अधिकतम फाइदा उठाउन सफल भए ।

सन् १९७३ मा इजरायल र सिरियाबीच युद्ध भयो । जसमा संयुक्त राज्य अमेरिकाले सिरियालाई समर्थन ग¥यो । त्यसपछि ओपेक राष्ट्रले एकातिर अमेरिकालाई पेट्रोल निर्यात गर्न प्रतिबन्ध लगायो भने अर्कोतिर विश्वभर नै पेट्रोलको मूल्य निकै बढ्यो र नेपालजस्तो अति कम विकसित राष्ट्रले धेरै नै दुःख झेल्नुप¥यो । विगतमा इरान र इराकबीचको युद्धमा पेट्रोल वितरण न्यायपूर्ण हुन सकेन भने वर्तमान समयमा रुसको पेट्रोल व्यापारमा प्रतिबन्द लागेकाले विश्वको पेट्रोल व्यापारमा नकारात्मक प्रभाव परेको छ । साधारणतः युद्धका बेला पेट्रोलको मूल्य बढ्छ । जसबाट नेपालजस्तो अति कम विकसित देश भएको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ । २०औं शताब्दीमा युद्धको स्वरूप बदलिएकाले पेट्रोलको माग बढेको छ । जसले गर्दा विश्वभर पेट्रोल वितरण असहज भएको छ । वर्तमान समय विश्वमा पेट्रोलियम पदार्थ खपत दिन प्रतिदिन बढिरहेको छ । हाल प्रतिदिन १० करोड ब्यारेल तेल खपत हुन्छ । यो ७५ वर्षअघिको तुलनामा १० गुणा बढी हो । फलतः पेट्रोलजन्य राजनीतीकरणका अभ्यास बढिरहेका छन् । वस्तुतः पेट्रोलजन्य उद्योगको प्रतिस्पर्धात्मक व्यापारलगायत ठूला शक्ति राष्ट्रले पेट्रोलका लागि आफ्नो प्रभुत्व कायम राख्ने होडबाजी विकास गर्दै आएका छन् । जसका कारण विश्वका महाशक्ति राष्ट्रले पेट्रोलियम पदार्थको घनचक्करमा अािर्थक नाकाबन्दीलगायत युद्धसमेत निम्त्याएको तथ्य बिर्सन सकिँदैन ।

आज विश्वमा पेट्रोलियम पदार्थको मौज्दात कम छ । तर, धेरैजसो देशमा सो पदार्थ प्राप्तिका लागि परनिर्भरता घट्न सकेको छैन । यही कारण केही वर्षयता विश्वका केही शक्ति राष्ट्रले यस पदार्थलाई आर्थिक राजनीतिका रूपमा अंगीकार गर्दै अनाधिकृत प्रभाव एवं वर्चस्व कायम गर्दै साना तथा अति कम विकसित राष्ट्रलाई आफूअनुकूलका प्रभावमा पारी राजनीति गर्ने संस्कृति विकास भएको छ । विगतमा नेपालले पेट्रोलियम पदार्थ आयातका लागि आर्थिक नाकाबन्दीलगायत शासकीय स्वरूप परिवर्तनसम्मको कठिनाइ भोग्नुपरेको थियो । प्रत्येक वर्ष पेट्रोलियम पदार्थ खपत बढिरहेकाले भविष्यमा यस्तो कठिनाइ पुनः भोग्नु नपर्ला भन्न सकिँदैन । आजसम्म गरिएको सर्वेक्षणका आधारमा नेपालमा सम्भावित पेट्रोलियम पदार्थको उत्खनन तथा प्रशोधन गर्दा लाग्ने लगानीको अनुपातमा उत्पादन न्यून हुने आँकलन गरिएकाले आजसम्म पनि उपभोग तथा बिक्रीका लागि परिचालन गर्न सकिएको छैन । यही कारण आवश्यक पेट्रोलियम पदार्थ परिपूर्तिका लागि अन्य देशमाथि सदैव निर्भर हुनुपरेकाले विश्वमा हुने गरेको पेट्रोलियम पदार्थको राजनीतीकरणबाट नेपाल आजसम्म पनि अलग रहन सकेको छैन । विद्यमान अवस्था अन्त्य गर्न पेट्रोलियम पदार्थको विकल्प पहिचान गरी प्रयोग गर्न आवश्यक छ । विशेषतः पेट्रोलियम पदार्थको चार विकल्प प्रयोग गर्न सकिन्छ ।

सर्वप्रथमतः वार्षिक झन्डै ३ सय दिन सहजै प्राप्त गर्न सकिने सूर्यको तापबाट प्रशस्त मात्रामा सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ । जसबाट सवारीसाधन चलाउन सकिने हुनाले आयातीत मह“गो पेट्रोलियम पदार्थ खपत क्रमिक घटाउन सकिन्छ र सञ्चित विदेशी मुद्रा अन्य आवश्यक कामका लागि खर्च गर्न सकिन्छ । यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । दोस्रो केही ठाउँमा वायु तीव्र गतिले बहन्छ । जसलाई वायु ऊर्जाका रूपमा प्रयोग गर्नसके विद्यमान पेट्रोलियम पदार्थ खपत न्यून गर्न सकिन्छ । यसबाहेक विदेशी मुद्रा सञ्चितिमा वृद्धि भई अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ ।

सन् १९६० मा इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुयलाले पेट्रोल निर्यात गर्ने देशको संगठन ओपेक स्थापना गरे । यसको १० वर्षपछि अर्थात् सन् १९७० मा इराक, कुवेत र साउदी अरबसहित केही देशले तेल उद्योगलाई राष्ट्रियकरण गरी ठूला विदेशी कम्पनी हटाएर पेट्रोलको मूल्य बढाए । त्यसपछि विश्वमा पेट्रोलको मूल्य घटबढ हुन थाल्यो

तेस्रो– गाउँघर तथा अन्य ठाउँमा समेत जैविक मल सहजै प्राप्त गर्न सकिन्छ । जसलाई ऊर्जाका रूपमा प्रयोग गर्नसके आयातीत पेट्रोलियम पदार्थ खपत घटाउन सकिन्छ । जसको फलस्वरूप अर्थतन्त्र सबलीकरणमा सघाउ पुग्ने देखिन्छ । जैविक ऊर्जामा निर्भर रहेका देशको सूचीमा रहेको नेपालले आफ्नो जैविक विविधताको पूर्णरूपले उपभोग गरी जैविक स्रोतमा आधारित ऊर्जा ठोस विकास गर्नसकेमा आवश्यक ऊर्जा खरिदका लागि बिदेसिने विपुल धनराशिको बचत हुनुका साथै स्थानीय स्रोतमा आधारित ऊर्जा दिगो र सस्तो हुनसक्छ । वस्तुतः ऊर्जा आपूर्ति सरल तथा सुलभ बनाउन जैविक स्रोतमा आधारित ऊर्जाको विकासलाई विशेष ध्यान दिन आवश्यक छ । तर, यसका लागि विदेशी ऋणलाई सधैं प्रमुख आधार बनाएर ग्रामीण क्षेत्रमा आकर्षण गर्ने हो भने फलदायी हुँदैन ।

नेपालका गाउँघर जैविक स्रोतको भण्डार हुन् । विद्यमान जैविक स्रोतबाट ब्रिकेट तथा अन्य ऊर्जा उत्पादन गर्न सकिएमा भविष्यमा आवश्यक ऊर्जा परिपूर्तिमा निकै योगदान पुग्नेछ । यसबाहेक सल्लाका रूख संवर्धन तथा प्रवर्धन गर्नसकेमा तिनीहरूबाट निस्किने खोटोबाट तेल र रोजिन उत्पादन गरी मट्टीतेल आयात घटाउन सकिन्छ । यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । जैविक स्रोतमा आधारित ऊर्जा उत्पादनलाई निरन्तरता दिन उपयुक्त जैविक स्रोत उपलब्धता उपयुक्त प्रविधि एवं जनशक्ति आवश्यक पर्छ । यसका लागि सरकारी तथा गैरसरकारी संस्थाको सम्बन्धित ध्यान जान आवश्यक छ । चौथो– जलसम्पदाका लागि नेपाल विश्वको धनी देश मानिन्छ । नेपालमा झन्डै ६ हजार नदीनाला छन् । जसबाट प्रचुर मात्रामा जल ऊर्जा उत्पादन गर्न सकिने भएकाले आयातीत महँगो पेट्रोलियम पदार्थको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ । यसबाहेक जल ऊर्जाबाट विभिन्न किसिमका उद्योग सञ्चालन गर्न सकिने हुँदा देश औद्योगिक विकासको पथमा अग्रसर हुनेछ र थप रोजगारीका अवसर प्राप्त हुनेछन् । जसले भविष्यमा वैदेशिक रोजगारी न्यूनीकरण गर्न सघाउ पुग्नेछ । जल ऊर्जाको ठोस विकास गर्नसके नेपालको एक मात्र नभई विभिन्न क्षेत्रको विकासमा टेवा पुग्नेछ । यति मात्र नभई आवश्यक जल ऊर्जा उत्पादन गर्नसके आयातीत पेट्रोलियम पदार्थको विकल्पका रूपमा परिचालन गर्न सकिन्छ ।

आज विश्वमा विद्यमान पेट्रोलियम राजनीतिबाट बच्न पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको सट्टा विद्युतीय सवारीसाधन प्रयोग गर्न आवश्यक छ । यसो गर्नसकेमा एकातर्फ स्वदेशमा उत्पादित जलविद्युत् सदुपयोग गर्न सकिन्छ भने अर्कोतर्फ प्रत्येक दिन आवश्यक इन्धनका लागि भारतमाथि निर्भर रहनुपर्दैन । नेपालमा पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधन प्रयोग गर्दा वायु प्रदूषण भई प्रत्येक व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने धेरै सम्भावना हुन्छ । यस्ता सवारीसाधन खरिद गर्दा धेरै व्यापार घाटा हुन्छ र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ । ती सवारीसाधनलाई आवश्यक पेट्रोल तथा डिजेलको मूल्य बढ्नेबित्तिकै यातायात व्यवसायीले भाडा बढाउँछन् । फलतः यात्रु मर्कामा पर्छन् । पेट्रोल तथा डिजेलबाट चल्नेको तुलनामा विद्युतीय सवारीसाधन कम मूल्यमा पाइन्छन् । यस्ता सवारीसाधन प्रयोग गर्नाले यात्रुले कम भाडामा भरपर्दो सेवा पाउँछन् । पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन प्रयोग गर्दा प्रतिदिन सरदर २ हजार रुपैयाँ खर्च हुन्छ भने विद्युतीय सवारीसाधन प्रयोग गर्दा प्रतिदिन सयदेखि डेढ सय रुपैयाँसम्मको चार्ज गरी दिनभर चलाउन सकिन्छ । यी सवारीसाधन घरमै चार्ज गर्न सकिने हुँदा पेट्रोल पम्पसम्म धाउन पर्दैन । आज विश्वमा पेट्रोलियम पदार्थ खपत निरन्तर बढिरहेको छ । प्रत्येक वर्ष यसको मूल्यको उतारचढावले विश्व अर्थतन्त्र नै प्रभावित भएको छ ।

प्रत्येक वर्ष नेपालले सञ्चित गरेको विदेशी मुद्राको ठूलो अंश पेट्रोलियम पदार्थ खरिदमा बाहिरिन्छ । आयात गरिने वस्तुमा सो पदार्थ सबैभन्दा बढी भएकाले त्यसको आयात विस्थापन गर्न हाइड्रोजन ऊर्जा उत्पादनले ठूलो सघाउ पु¥याउँछ । वस्तुतः पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर रहन्छ । प्रत्येक वर्ष त्यसको मूल्य चुकाउन नेपाललाई हम्मेहम्मे पर्छ । यदि, भविष्यमा पर्याप्त मात्रामा हाइड्रोजन ऊर्जा उत्पादन गर्नसकेमा सो पदार्थको मूल्य उतारचढावले खासै फरक पर्दैन ।

पानी पर्याप्त उपलब्धता एवं जलविद्युत्को धेरै सम्भावना भएको नेपालमा हाइड्रोजन ऊर्जा उत्पादन उपयुक्त मानिन्छ । विद्युत् निर्यात गर्न पहल गर्नुपर्ने यस देशले आफैं बिजुली खपत गरेर आवश्यक हाइड्रोजन उत्पादन गर्नसक्छ । तर, यसका लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुन आवश्यक छ । केही वर्षयता नेपालमा ब्याट्रीबाट सवारीसाधन धेरै नै प्रचलनमा छन् । यद्यपि, भविष्यमा यी साधनलाई हाइड्रोजन ऊर्जाका माध्यमबाट चलाउनसके देशलाई आर्थिक दृष्टिबाट धेरै नै फाइदा हुनेछ ।

नेपालमा विभिन्न सवारीसाधन बढ्दो प्रयोगले सञ्चित विदेशी मुद्राको ठूलो अंश पेट्रोलियम पदार्थ खरिदमा बाहिरिन्छ । यस पदार्थको आयातलाई विस्थापित गर्न हाइड्रोजन ऊर्जा उत्पादनले ठूलो सघाउ पु¥याउँछ । हाइड्रोजन ऊर्जा ‘इलेक्ट्रोलिसिस’ प्रक्रियाका माध्यमद्वारा स्वच्छ पानीबाट उत्पादन गरिन्छ । साधारणतया १० लिटर स्वच्छ पानीबाट १ केजी हाइड्रोजन उत्पादन गर्न सकिन्छ । यसमा ३० देखि ४० युनिट विद्युत् खपत हुन्छ । जसका लागि नेपालमा कुनै समस्या छैन । स्वच्छ पानी पर्याप्त उपलब्धता एवं जलविद्युत्को धेरै सम्भाव्यता भएको नेपालमा हाइड्रोजन उत्पादन गर्ने वातावरण उपयुक्त मानिन्छ । वास्तवमा विद्युत् निर्यात गर्न पहल गर्नुपर्ने देशले आफूद्वारा उत्पादित बिजुली प्रयोग गरेर प्रशस्त हाइड्रोजन उत्पादन गर्नसक्छ ।

वर्तमान समय नेपालमा ब्याट्रीबाट चल्ने सवारीसाधन प्रयोग दिनदिनै प्रचुर मात्रामा बढिरहेको छ । भविष्यमा यी साधनलाई हाइड्रोजन ऊर्जाका माध्यमद्वारा सञ्चालन गर्नसकेमा जल सम्पदा सदुपयोग भई अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ । हाइड्रोजन ऊर्जा उत्पादन गर्दा रासायनिक मल पनि उत्पादन गर्न सकिन्छ । जुन नेपालजस्तो कृषि प्रधान देशका लागि नितान्त आवश्यक छ ।

नेपालमा बर्सेनि झन्डै २१ अर्ब रुपैयाँबराबरको रासायनिक मल आयात गरिन्छ । यदि, भविष्यमा हाइड्रोजन ऊर्जा उत्पादन गर्नसके रासायनिक मल पनि उत्पादन हुने भएकाले एकातर्फ विदेशी मुद्रा जोगिनेछ भने अर्कोतर्फ परनिर्भरता घट्नेछ । मिथेन ग्यासलाई पेट्रोलियम पदार्थको विकल्पका रूपमा परिचालन गर्न सकिन्छ । यसबाट घरेलु प्रयोजनका लागि विद्युत् उत्पादन गर्न सकिन्छ भने विद्युतीय गाडी सञ्चालन गरी पेट्रोलियम पदार्थ आयात घटाउन सकिन्छ । मिथेनबाट हाइड्रोजन ग्यास उत्पादन गर्न सकिन्छ, जुन थोरै मूल्यमा गाडी सञ्चालन गर्न प्रयोग गर्न सकिन्छ । यसबाट एकातर्फ पेट्रोलियम पदार्थ आयात घटेर राष्ट्रिय आय अभिवृद्धि हुनेछ भने अर्कोतर्फ वातावरण प्रदूषण कम हुनेछ । मिथेन ग्यासलाई रसायनिक मल उत्पादनका लागि प्रयोग गर्न सकिन्छ । यसबाट सो मल आपूर्ति मात्र सहज नभई प्रत्येक वर्ष बिदेसिने रकम पनि केही मात्रामा जोगिनेछ ।

(Visited 51 times, 1 visits today)





Source link

Leave a Comment