पूर्व उपप्रधानमन्त्री खड्काद्वारा मदन भण्डारी राजमार्ग अनुगमन

पूर्व उपप्रधानमन्त्री खड्काद्वारा मदन भण्डारी राजमार्ग अनुगमन


पूर्व उपप्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले मदन भण्डारी राजमार्ग अन्तर्गत भेडाबारी–धुलियाबीट सडक-खण्डको अनुगमन गरेका छन्।

भेडाबारी–धुलियाबीट खण्डको ३५ किलोमिटर सडक अनुगमनका क्रममा कांग्रेस उपसभापति समेत रहेका खड्काले स्थानीयसँग छलफलसमेत गरेका थिए।

उपसभापति खड्काले राष्ट्रिय गौरवको आयोजना भएकाले तोकिएकै समयमा सडक र सडक पुल निर्माण सम्पन्न गर्न आयोजना कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिए। उनले सडक निर्माणका क्रममा स्थानीयले राखेका गुनासाहरुको पनि सम्बोधन गर्न निर्देशन दिए।

पूर्व उपप्रधानमन्त्री खड्काद्वारा मदन भण्डारी राजमार्ग अनुगमन

‘राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई समयमै सम्पन्न गर्नु सबैको दायित्व हो,’ अनुगमनका क्रममा खड्काले भने, ‘स्थानीयका गुनासाहरुलाई पनि आयोजनाले सम्बोधन गर्दै अघि बढ्नुपर्छ।’

उनले बर्खा सुरु हुनु अगावै धुलियाबीटदेखि बडीपाटीसम्मको सडक कालोपत्रे सम्पन्न गर्न र बडीपाटीदेखि चिंगाडसम्म ग्राभेल गरिसक्न निर्देशन दिए।

पूर्व उपप्रधानमन्त्री खड्काद्वारा मदन भण्डारी राजमार्ग अनुगमन

‘रातो माटो भएकाले बर्खामा यातायातका साधन सञ्चालन हुन समस्या हुन्छ, उनले भने, ‘यो जेठसम्ममा कालोपत्रे गर्न सम्भव नहुने ठाउँमा ग्राभेल गरेर बर्खामा सहज रुपमा यातायातका साधन चल्ने बनाउनुहोस्।’

मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका प्रमुख जगदीश आचार्यले सुर्खेतको पूर्वी खण्डको भेडाबारी–बुलियाबीट खण्डको सडक निर्माण लक्ष्य अनुसार भइरहेको बताए।

‘भेडाबारीदेखि चिंगाडसम्म र धुलियाबीटदेखि बडीपाटीसम्म बर्खा अघि नै सडक कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘बाँकी खण्डमा ग्राभेल गरेर सहज रुपमा यातायातका साधन सञ्चालन हुने बनाउँछौं।’

कालिका केएस बेदाङ्सी जेभीका प्रमुख भीम पालले जंगल क्षेत्रमा रुख कटान ढिलो हुँदा कामको गति केही कम भएपनि अहिले लक्ष्य अनुसार नै निर्माण कार्य भइरहेको बताए।

उनले अधिकांश स्थानमा जेठभित्रै कालोपत्रेको काम सम्पन्न हुने र बाँकी खण्डमा यातायातका साधन सहज रुपमा सञ्चालन हुने गरेर ग्राभेल गरिने बताए।

प्रकाशित: २५ चैत्र २०८० १९:५४ आइतबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School