पूर्वप्रमुख कोमीलाई ‘पर्प वाक’ गराउन अस्वीकार गरेपछि एफबीआई एजेन्ट निलम्बित



प्रकाशित मिति : आश्विन १७, २०८२ शनिबार

पूर्वप्रमुख कोमीलाई ‘पर्प वाक’ गराउन अस्वीकार गरेपछि एफबीआई एजेन्ट निलम्बित

अमेरिकामा एफबीआईका एक एजेन्टलाई एजेन्सीका पूर्वनिर्देशक जेम्स कोमी लाई “पर्प वाक” गराउन अस्वीकार गरेको आरोपमा निलम्बन गरिएको छ।

पर्प वाक भनेको अपराधमा आरोपित व्यक्तिलाई सार्वजनिक रूपमा मिडिया र क्यामेरासामु प्रहरीले हिँडाएर देखाउने अभ्यास हो। यो अमेरिकी न्यायिक प्रक्रियाको औपचारिक भाग नभए पनि निकै सामान्य प्रचलनमा छ।

ती एजेन्टलाई “आज्ञा उल्लङ्घन” गरेको कारण निलम्बन गरिएको हो। एजेन्टले कोमीलाई सार्वजनिक रूपमा हिँडाएर मिडियासामु देखाउने योजना अनुचित भएको बताएपछि यो कारबाही भएको हो।पूर्वएफबीआई प्रमुख जेम्स कोमीमाथि हालै भर्जिनियामा दुईवटा संघीय आरोप लगाइएको छ।

पूर्वप्रमुख कोमीलाई ‘पर्प वाक’ गराउन अस्वीकार गरेपछि एफबीआई एजेन्ट निलम्बित

पूर्वप्रमुख कोमीलाई ‘पर्प वाक’ गराउन अस्वीकार गरेपछि एफबीआई एजेन्ट निलम्बित

उनलाई ‘कांग्रेसलाई झूट बोलेको’ र ‘कांग्रेसको काम कारवाहीमा बाधा पुर्याएको’ आरोपमा अभियोग लगाइएको छ। विशेष गरी, कोमीमाथि सन् २०२० मा उनले वर्गीकृत सूचना मिडियामा चुहाएको विषयमा सिनेट समितिलाई झूट बोलेको आरोप छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरू विरुद्ध “अझ आक्रामक” अनुसन्धान गर्न आह्वान गरेपछि कोमीलाई अनुसन्धानको दायरामा पारिएको थियो।

यो मुद्दा पाँच वर्षे कानुनी समयसीमा सकिनु केही दिनअघि मात्र दर्ता गरिएको हो। कोमी एफबीआई प्रमुख रहँदा सन् २०१६ को अमेरिकी चुनावमा रुसको हस्तक्षेपको अनुसन्धान र तत्कालीन विदेशमन्त्री हिलारी क्लिन्टनको निजी इमेल सर्भर प्रयोगको मुद्दामा अनुसन्धान भएको थियो।

एफबीआई नेतृत्वले कोमीलाई भर्जिनियाको अलेक्जान्ड्रिया अदालतमा अक्टोबर ९ मा उपस्थित हुने दिन ‘पर्प वाक’ गराउने योजना बनाएको थियो। कोमीले सबै आपराधिक आरोप अस्वीकार गर्दै “संघीय न्यायिक प्रणालीप्रति पूर्ण विश्वास” रहेको बताएका छन्।

यदि कोमी दोषी ठहरिएमा, उनलाई पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ। सन् २०१७ मा ट्रम्पले आफ्नो पहिलो कार्यकालको सुरुवातमै एफबीआईले चुनाव हस्तक्षेपको अनुसन्धान गरिरहेको बेला कोमीलाई पदमुक्त गरेका थिए।

पूर्वप्रमुख कोमीलाई ‘पर्प वाक’ गराउन अस्वीकार गरेपछि एफबीआई एजेन्ट निलम्बित

त्यसयता ट्रम्प निरन्तर कोमीमाथि राजनीतिक आक्रमण गर्दै आएका छन्। एफबीआईले कोमीलाई एजेन्टहरूमार्फत ल्याउने योजना अघि बढाउने वा नबढाउने भन्ने निर्णय भने अझै स्पष्ट गरेको छैन।





Source link

Leave a Comment