पुस्तक मेलामा तीन पुस्ताका महिला लेखकहरु


सधैँ चित्रकला, फोटो प्रदर्शनी भइरहने नेपाल कला परिषद्को भवन शनिबार भिन्नै देखिन्थ्यो। भवन बाहिरदेखि भित्रसम्म पुस्तकहरुको स्टल थिए र स्टलमा महिलाहरू।

यहाँ महिलाहरुद्धारा लिखित पुस्तक प्रदर्शनी चलिरहेका थियो। नेपाली समाजमा महिला लेखकहरूको संंख्या न्यून छ। प्रदर्शनीले महिला लेखकहरूको कृतीलाई थप उजागर गर्न मद्दत पुर्‍याएको छ।

प्रदर्शनीमा सहभागी नेता अष्टलक्ष्मी शाक्य भन्छिन् ‘महिलाले पुस्तक लेख्न सक्नु भनेको महिलाको क्षमता वृद्धि हुनु हो।’

उनले आफ्ना कृतीहरू सहित मोतीदेवी स्मृति केन्द्रले प्रकाशित गरेका पुस्तकहरू प्रदर्शनीमा राखेकी थिइन्। यस केन्द्रले समाजका प्रेरणादायी महिलाहरुको बारेमा जीवनी लेख्ने गर्छ।

यस्तै कार्यक्रममा सहभागी अर्की लेखक थिइन अमृता लम्साल। उनले महिलाहरुद्धारा लिखित पुस्तक मेला पहिलो पटक भएकोमा खुसी लागेको बताइन्। उनी दोस्रो पुस्ताकी लेखिका हुन।

‘कार्यक्रममा वरिष्ठ लेखकहरुको सहभागिताले मेलाको उचाइ झनै बढेको छ। भाग्यरथी श्रेष्ठ सहभागिताले थप रौनक थपिएको छ।’ उनले भनिन्।

लेखक तथा महिला पुस्तक प्रकाशक डा. अर्चना थापाले मेलामा महिलाहरुको प्राज्ञिकदेखि सबै थरीका पुस्तक भेटिएता पनि बाल साहित्य र अपराध विद्याका लघुकथा भने कमै देखिएको उल्लेख गरिन्। 

‘प्राज्ञिक पुस्तकदेखि आत्मकथासम्मका पुस्तक महिलाले लेखेको देखिन्छ’ उनले भनिन् ‘बाल साहित्य र अपराध विद्याका लघुकथा चाहिँ मेलामा भेटिएन।’

देशैभरिका महिला लेखकहरु समेट्न नसकिएका कारण सबैको सहभागी हुन नसकेको उल्लेख गर्दै उनले यस्तो मेलाहरु निरन्तर हुनुपर्नेमा जोड दिइन्।

‘यस्तो मेला महिला लेखकहरुको प्रवर्द्धनको लागि निरन्तर हुन आवश्यक छ’ उनले भनिन।

पुस्तक मेलामा तीन पुस्ताका महिला लेखकहरु

दुई पुस्ता अघिकी लेखक बिजया शर्मा शास्त्रीय सङ्गीत सम्बन्धी पुस्तक प्रदर्शनीको लागि मेलामा सहभागी भएकी थिइन। उनी शास्त्रीय सङ्गीतमा सितार बजाउने र सिकाउने गर्छिन्। मेलामा उनको शास्त्रीय सङ्गीतका दुई पुस्तक प्रदर्शनमा थिए।

पुस्तक मेलामा तीन पुस्ताका महिला लेखकहरु

मनोविद खिमा रिजालको ‘अन्तरमनका रंङहरु’  पुस्तक भने मानसिक रोगका बिरामी र उपचारपछि आएका सफल/असफल परिवर्तनका विषयमा रहेको रहेको छ।

मेलामा लेखक सावित्री जंगम थापाका विविध विधाका पुस्तकहरू भेटिए। जसमा गीता संवाददेखि काव्य, आत्मवृत्तान्त जस्ता विषय उल्लेख थिए।

पुस्तक मेलामा १ सय भन्दा बढी महिला लेखकहरुको सहभागिता थियो।

प्रकाशित: ३ चैत्र २०८० २२:१६ शनिबार





Source link

Leave a Comment